नेभिगेसन मेनु

आर्थिक असन्तुलन कायमै
समय:2026-11-26 14:23

2123

 सेवा र उद्योगमा बागमती, कृषिमा कोशी र मधेशको अग्रता तथा समग्र अर्थतन्त्रमा कर्णालीको कमजोर उपस्थितिले नेपालको प्रादेशिक आर्थिक असन्तुलन उजागर गरेको छ । नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार आर्थिक गतिविधि र विकासका अवसर प्रदेश अनुसार असमान रूपमा केन्द्रित देखिएका छन् ।

राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन २०८२/८३ ले मुलुकको आर्थिक गतिविधिमा सुस्तता देखाउँदै प्रादेशिक अर्थतन्त्रमा गहिरो असन्तुलन रहेको औँल्याएको हो । 

सेवा, उद्योग तथा वित्तीय क्षेत्रमा बागमती प्रदेशको वर्चस्व कायम रहँदा कृषि उत्पादन र वैदेशिक व्यापारमा कोशी तथा मधेश प्रदेश अगाडि देखिएका छन् । यता अधिकांश आर्थिक सूचकमा कर्णाली प्रदेश सबैभन्दा कमजोर अवस्थामा देखिन्छ ।

प्रतिवेदन अनुसार समीक्षा वर्षमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत र आधारभूत मूल्यमा ३.६८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । अघिल्लो वर्ष उपभोक्ता मूल्यमा वृद्धिदर ४.४३ प्रतिशत थियो । अत्यधिक वर्षा तथा बाढीपहिरोले कृषि, जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रमा असर पुर्‍याउँदा आर्थिक गतिविधि प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

बागमती बलियो, कर्णाली कमजोर

समीक्षा वर्षमा कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.७१ प्रतिशत छ । कोशीको १५.८०, लुम्बिनीको १४.२०, मधेशको १३.०८, गण्डकीको ८.९८ र सुदूरपश्चिमको ७.०३ प्रतिशत योगदान छ । कर्णालीको हिस्सा ४.२० प्रतिशत मात्रै छ ।

आर्थिक वृद्धिदरमा बागमती ५.४० प्रतिशतसहित पहिलो र गण्डकी ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा छन् । मधेशको वृद्धिदर भने १.३१ प्रतिशतमा सीमित छ ।कृषि उत्पादनमा कोशी प्रदेशको हिस्सा २१.३६ प्रतिशत छ । खाद्यान्न तथा अन्य बाली, मसला र सिञ्चित क्षेत्रफलका सूचकमा कोशी अगाडि देखिएको छ । मधेश तरकारी, फलफूल, दुध, मासुमाछा उत्पादनमा अग्रणी छ । कुल धान उत्पादनमा लुम्बिनीको हिस्सा ३१.३७ प्रतिशत हुँदा अन्डा उत्पादन र कृषि कर्जामा बागमती अगाडि छ ।

राष्ट्रियस्तरमा प्रमुख कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ । धान उत्पादन ३.७६ प्रतिशतले घटेर ५७ लाख २३ हजार मेट्रिक टनमा झरेको छ । औद्योगिक उत्पादनमा बागमतीको हिस्सा ३१.७४ प्रतिशत छ । उद्योग विभागमा दर्ता भएका ८५७ उद्योगमध्ये ६४७ वटा बागमतीमा छन् । कुल औद्योगिक कर्जाको ७२.३ प्रतिशत पनि यही प्रदेशमा केन्द्रित छ ।

उद्योगको क्षमता उपयोगमा भने मधेश अगाडि छ । राष्ट्रिय औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५१.४३ प्रतिशत थियो । कर्णालीको औद्योगिक उत्पादनमा हिस्सा २.९९ प्रतिशत र औद्योगिक कर्जामा ०.३ प्रतिशत मात्रै छ ।

सेवा क्षेत्रको कुल उत्पादनमा बागमतीको हिस्सा ४५.४५ प्रतिशत छ । कुल बैङ्क निक्षेपको ६४.०५ प्रतिशत र कर्जाको ६०.९१ प्रतिशत बागमतीमा केन्द्रित रहेको प्रतिवेदनले देखाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी