नेभिगेसन मेनु

"छि हुआङको चिकित्सा परम्पराको संरक्षण, मानव जीवनको उज्यालो रक्षा" – हिमालय पार क्षेत्रीय जनकल्याण मूलक सहकार्य सम्मेलन काठमाडौँमा सफलतापूर्वक सम्पन्न
सम्पादक:南亚网络电视
लेखक:मनोज न्यौपाने
समय:2025-06-25 16:40


Weixin Image_20250625001436

एस् ए टी भी ११ असार, काठमाडौँः छि हुआङको चिकित्सा परम्पराको संरक्षण, मानव जीवनको उज्यालो रक्षा भन्ने मूल नाराका साथ पहिलो हिमालय पार क्षेत्रीय जनकल्याण मूलक सहकार्य सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। नेपाल स्थित चिनियाँ दूतावास, चाइना इन्टरनेसनल कम्युनिकेसन ग्रुप (सिआइसिजी)को प्रकाशन तथा वितरण ब्युरोको निर्देशन तथा सिआइसिजी युरोप तथा अफ्रिका प्रसारण केन्द्र (चाइना टुडे पत्रिका), बेइजिङ वु लिएन-टे सार्वजनिक सेवा फाउन्डेसन र युन्नान अन्तर्राष्ट्रिय आर्थिक, व्यापार तथा सांस्कृतिक सहयोग केन्द्रको आयोजनामा "छि हुआङको चिकित्सा परम्पराको संरक्षण, मानव जीवनको उज्यालो रक्षा – हिमालय पार क्षेत्रीय जनकल्याण मूलक सहकार्य सम्मेलन काठमाडौँ" असार १० गते नेपालको राजधानी काठमाडौँमा भव्यतापूर्वक सम्पन्न भएको हो। 

"पारम्परिक चिकित्साको क्षेत्रमा सार्वजनिक सेवा सहकार्य बढाउँदै क्षेत्रीय स्वास्थ्य र कल्याणमा सुधार" अवलम्बन गर्दै आयोजित यस गोष्ठीले चीन-नेपाल बिच पारम्परिक चिकित्साको सहकार्यलाई बढवा दिन, सीमा पार सार्वजनिक सेवा सहकार्यका मोडेलहरू अन्वेषण गर्न तथा क्षेत्रीय स्वास्थ्य र कल्याणलाई अगाडि बढाउन लक्ष्य राखेको थियो। यस कार्यक्रमको मुख्य स्थल काठमाडौँमा रहेको थियो भने बेइजिङ र युन्नानबाट पनि अनलाइन सहभागिता जोडिएको थियो।

सरोकारवालाहरूको ऐक्यबद्धता पारम्परिक चिकित्सामा सार्वजनिक सेवा सहकार्य छलफल

Weixin Image_20250625001522

चिनियाँ दूतावास नेपालका काउन्सिलर वाङ सिनले राजदूत छन् सोङको प्रतिनिधित्व गर्दै पारम्परिक चिकित्सा सहकार्यको महत्त्वमा जोड दिँदै भाषण दिए। उनले हिमालयले न केवल अत्यन्तै मनोरम प्राकृतिक दृश्यहरू, विश्वको छत भन्ने उच्च हिमाली भूभागलाई जन्माएको छ, यसले त विविध तथा गहिरो चिकित्सा ज्ञानलाई पनि विकसित गरेको छ, जसमा चीनको पारम्परिक चिकित्सा र नेपालको आयुर्वेद समावेश छ भन्ने बताए। "चिनियाँ पारम्परिक चिकित्सा सिद्धान्त प्रणाली, निदान विधि र औषधी प्रयोगमा अनुपम फाइदा राख्छ, जबकि नेपाल प्राकृतिक औषधी स्रोतहरूमा धनी छ। हाम्रा दुई देशले एक अर्काको फाइदा लिँदै आधुनिक युगमा पारम्परिक चिकित्सालाई पुनर्जीवित गर्न सक्छौँ, साथै ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (GDI) लागू गर्न र चीन-नेपाल बिच चिकित्सा क्षेत्रमा व्यावहारिक सहयोग गहिराउन मजबुत आन्तरिक गति प्रदान गर्न सक्छ," उनले भने।

IMG_8152

नेपालका पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले पनि पारम्परिक चिकित्साको विकास र सहयोगप्रति नेपाली स्वास्थ्य प्रणालीको उच्च अपेक्षा व्यक्त गर्दै भाषण दिए। उनले चीनसँग परम्परागत चिनियाँ चिकित्सा र आयुर्वेदमा आधारित सहयोग प्रणाली अन्वेषण गर्ने आशा व्यक्त गर्दै स्थानीय स्वास्थ्य क्षमता बढाउने बताए। उनले जनयुद्ध कालमा पनि यस किसिमको उपचार विधि अपनाएको र यसले गरेको सकारात्मक असरका बारे पनि बताएका थिए। परम्परागत चिकित्सा अवलम्बन गर्न सके मानिसहरू अझै दीर्घजिवी हुने उनको विश्वास रहेको थियो।

IMG_8240

कार्यक्रममा उपस्थित कोसी प्रदेश, प्रदेश सभा सदस्य मिना श्रेष्ठले अन्य थुप्रै क्षेत्र हरू झैँ स्वास्थ्य क्षेत्रमा चीनको अग्रसरताको खुलेर तारिफ गरिन्। उनले परम्परागत उपचार विधि हामीले उपयोग गर्न नसकेको एक अचुक विधि रहेको बताउँदै यसको सही सदुपयोग चीनले वर्षौँ देखि गर्दै आएको उदाहरण दिँदै नेपालले पनि त्यसको निम्ति पहल गर्नु पर्नेमा जोड पनि दिएकी थिइन्।

IMG_8244

सिआइसिजीका उपाध्यक्ष यु युनछ्वानले भिडियो सन्देशमा चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार समूहले अन्तर्राष्ट्रिय प्रसारणको क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै चीन-नेपाल पारम्परिक चिकित्सा सहयोग र सार्वजनिक सेवालाई योगदान पुर्‍याउने बताए।

विशेषज्ञहरूको संगोष्ठी: ज्ञान र अभ्यास साट्ने

IMG_8548

"मानव पारम्परिक चिकित्सामा साझा ज्ञान र सार्वजनिक सेवा भावना" शीर्षकको मुख्य भाषण सत्रमा बेइजिङ युनिभर्सिटी अफ चाइनिज मेडिसिनका पूर्व अध्यक्ष श्यु अनलोङले पारम्परिक चिकित्साको वैश्विक मूल्य रहेको बताउँदै यसलाई सार्वजनिक सेवा भावनाबाट संस्कृति पार गरी प्रवर्धन गर्नुपर्ने जोड दिए।

नेपाल अरनिको समाजका अध्यक्ष सुशील प्रजापतिले आफ्नो भाषणमा "अर्निको भावना" ले चीन-नेपाल मैत्रीको गहिरो आधार प्रतिनिधित्व गरेको बताउँदै पारम्परिक चिकित्सा सहयोग यस भावनाको निरन्तरताको रूपमा रहेको बताए।

त्यस्तै डा. हरिश चन्द्र शाह , डा. सर्वोत्तम श्रेष्ठ, डा. प्रदीप के.सी., डा. झुलाराम अधिकारी, हु छ्याङ, थोङ च, लगायत चीन र नेपालका चिकित्सा व्यवसायीहरू, सांस्कृतिक विशेषज्ञहरू, सार्वजनिक सेवा अगुवाहरू, सरकारी प्रतिनिधिहरू र व्यावसायिक व्यक्तीहरूले पारम्परिक चिकित्सामा सार्वजनिक सेवा सहयोगको आवश्यकता, उद्योग विकास र अन्तर्राष्ट्रिय समन्वय, सार्वजनिक सेवा प्रसारण प्रणाली, मानव संसाधन विकास र टाढा बाट चिकित्सा परामर्श जस्ता विषयहरूमा गहन छलफल गरेका थिए।

सार्वजनिक सेवा कार्यान्वयन: संयुक्त रूपमा "जीवनको प्रकाश" प्रज्वलित

सम्मेलनको मुख्य आकर्षण भने जनकल्याण मूलक कार्यक्रम तथा तीनको सुरुवात रह्यो। विभिन्न शीर्षकमा नेपाल तथा चीनका विभिन्न सङ्घ संस्थाले जनकल्याणका सहकार्यहरूमा हस्ताक्षर गरेका थिए।

IMG_8871

त्यस क्रममा वु लिएन-टे सार्वजनिक सेवा शिक्षा केन्द्र को उद्घाटन गरियो, जसले चीन-नेपाल पारम्परिक चिकित्सा सार्वजनिक सेवा सहकार्यमा ठोस कदम इंकित गर्‍यो। वु लिएन-टे फाउन्डेसनको सहयोगमा रहेको यो केन्द्र अरनिको समाजले सञ्चालन गर्नेछ र दक्षिण एसिया नेटवर्क टी भीले प्रसारण सहयोग प्रदान गर्नेछ। यसले टेलिमेडिसिन र स्वास्थ्य शिक्षा जस्ता सार्वजनिक सेवा गतिविधिहरू गर्नेछ।

IMG_8886

साथै, पोताला एकीकृत प्रसारण प्लेटफर्म, दक्षिण एसिया नेटवर्क टी भी र नेपाल-चीन मिडिया फोरम ले सार्वजनिक सेवा प्रसारण सम्झौता पत्रमा हस्ताक्षर गरेर "हिमालय क्षेत्र सार्वजनिक सेवा सहकार्य प्रणाली" को औपचारिक सुरुवात गरे।

त्यस्तै कुइचौ पाइलिङ समूह र बेइजिङ लियान्सिन च्यारिटी फाउन्डेसन ले चीन-नेपाल स्वास्थ्य सार्वजनिक सेवा परियोजनाहरूका लागि पहिलो खेपको औषधि र सामग्री दान गर्ने घोषणा पनि गरे।

युन्नान अन्तर्राष्ट्रिय आर्थिक, व्यापार तथा सांस्कृतिक सहयोग केन्द्र ले पाँच चीन-नेपाली संस्थाहरूलाई "पन्साओ काङ्मु" (Compendium of Materia Medica) को अङ्ग्रेजी संस्करण उपहार दिएर TCM संस्कृति प्रवर्धन गर्‍यो।

साझा दृष्टिकोण: क्षेत्रीय सार्वजनिक सेवा सहयोग प्रणाली स्थापना

IMG_8913

सम्मेलनको समापनमा, सह-आयोजक संस्थाहरूका प्रतिनिधिहरूले "हिमालय क्षेत्र सार्वजनिक सेवा सहयोग घोषणापत्र" सार्वजनिक गरे। घोषणापत्रमा उल्लेख गरिएको छ कि दयालुताको भावनालाई मार्ग निर्देशनको रूपमा लिँदै क्षेत्रीय स्रोतहरू एकीकृत गरी सहयोगात्मक परियोजनाहरू, मानव संसाधन विकास र अन्तर्राष्ट्रिय प्रसारण मार्फत टिकाउ र प्रभावकारी सार्वजनिक सेवा सहयोग जाल बनाइनेछ। यसले हिमालय क्षेत्रलाई स्वस्थ, अधिक न्यायोचित र सामञ्जस्यपूर्ण बनाउन योगदान पुर्‍याउनेछ।

सँगै अगाडि बढ्दै: ज्ञान र सार्वजनिक सेवाको प्रकाश अगाडि बढाउने अठोट

Weixin Image_20250625004309

यो सम्मेलन केवल पारम्परिक चिकित्सा र सार्वजनिक सेवा भावनाको गहिरो एकीकरण मात्रै नभएर चीन-नेपाल मैत्री र मानव समुदायको साझा दृष्टिकोणको वास्तविक प्रतिबिम्ब पनि बनेको सहभागीले बताए। हिमालदेखि तराइसम्म, अनलाइनदेखि अफलाइनसम्म, सिद्धान्तदेखि अभ्याससम्म, सबै पक्षहरूले संयुक्त रूपमा पारम्परिक चिकित्सामा नयाँ जीवन उमार्दै क्षेत्रीय सार्वजनिक सेवाको लागि ठोस मञ्च निर्माण भएको देख्न सकिन्थ्यो। सफलतापूर्वक सम्मेलन समाप्त हुनु एक अभूतपूर्व यात्राको संयोग हो। हिमाल र नदीहरूलाई पार गर्दै, माया र सद्भावना एकताबद्ध हुँदै चीन र नेपालले "स्वास्थ्य सिल्क रोड" मा सँगै हिँड्दै धेरै मानिसहरूको जीवनलाई उज्यालो तर्फ अग्रसर बनाउने आयोजकले विश्वास व्यक्त गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर