नेभिगेसन मेनु

“सिचाङ् सम्बन्ध, चीन सिचाङ् सप्ताह” काठमाडौंमा भव्य रूपमा उद्घाटन
सम्पादक:南亚网络电视
समय:2025-06-22 11:31


 

微信图片_20250622063038

एस् ए टी भी ०८ असार, काठमाडौंः पहिलो “सिचाङ् सम्बन्ध・चीन सिचाङ् सप्ताह” कार्यक्रमको एक समारोहकाबीच काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिएको छ।

微信图片_20250622063325

यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव हो। यस विशेष सप्ताहको आयोजनाको उद्देश्य हिमालय वारिपारि रहेको दुई देशबीचको मित्रता थप सुदृढ गर्नु, सांस्कृतिक आदानप्रदान र सहकार्य बढाउनु, तथा चीन-नेपाल साझा भविष्यको निर्माणमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाए। कार्यक्रम चिनियाँ दूतावास, चीनको विदेशी भाषा प्रकाशन तथा वितरण महाशाखा, र चीन सिचाङ् अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान संघद्वारा संयुक्त रूपमा आयोजित गरिएको हो। चीन सिचाङ् दैनिक, चीन सिचाङ् मिडिया ग्रुप, दक्षिण एशिया नेटवर्क टिभी र नेपाल-चीन मिडिया फोरम कार्यक्रमका सहआयोजक रहेका थिए।

सप्ताहव्यापी कार्यक्रमको क्रममा सिचाङ् चित्रकला प्रदर्शनी, सांस्कृतिक छलफल, शैक्षिक संगोष्ठी लगायत विविध गतिविधिहरू आयोजना गरिनेछ—जसमा करिब १००० जना भन्दाबढी चिनियाँ तथा नेपाली विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

उद्घाटन समारोहमा नेपालको राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमीरे, नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग, चिनियाँ प्रतिनिधिमण्डल प्रमुख तथा सिचाङ् अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान संघका उपाध्यक्ष लुओ च्युनले उत्साहपूर्ण मन्तव्य दिएका थिए। उनिहरूले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए।

微信图片_20250622063206

उपाध्यक्ष घिमिरेले नेपाल-चीन मित्रता प्राचीनकालदेखि नै बलियो रहेको बताउँदै, सांस्कृतिक आदानप्रदान दुई देशको सम्बन्धमा सधैं महत्त्वपूर्ण पक्ष रहँदै आएको उल्लेख गरिन्। “यस सप्ताहले नेपाली जनताका लागि चीन सिचाङ्लाई नजिकबाट बुझ्ने अनुपम अवसर प्रदान गरेको छ।”, उनले भनिन्।

微信图片_20250622063226

राजदूत छन सोङ्गले आफ्नो मन्तव्यमा बताए, “चीन सिचाङको विकास चीन कम्युनिस्ट पार्टीको नेतृत्वमा आर्थिक समृद्धि, सामाजिक प्रगतिलगायत मानवअधिकारको प्रवर्द्धनको प्रत्यक्ष प्रतिबिम्ब हो।” उनले सिचाङको संस्कृतिलाई चिनियाँ सभ्यताको विविधताको अभिन्न अंश बताउँदै, कार्यक्रममार्फत नेपालका सहभागीहरूले एक आत्मविश्वासी, खुला र समृद्ध सिचाङलाई नजिकबाट अनुभव गर्न पाउने विश्वास व्यक्त  गरे।

微信图片_20250622063144

त्यस्तै उपाध्यक्ष लुओ च्युनले आफ्नो मन्तव्यमा चीन-नेपालबीचको प्राचीन मित्रताको चर्चा गर्दै, प्राचीन युगमा भिक्षुहरूको यात्रा, राजकुमारीको विवाह, तथा आधुनिक कालमा सांस्कृतिक सहकार्यका उदाहरणहरू प्रस्तुत गरे। उनले चीन सिचाङको समकालीन विकासका विविध पक्षहरूको वर्णन गर्दै, “बुद्ध स्तुपाबाट उच्च-गतिको रेलसम्म, प्राचीन गुम्बाका धर्मचक्रदेखि एभरेस्टसम्मको 5G सञ्जाल” जस्ता उपलब्धिहरू उल्लेख गरेका थिए।

उनले भने, “आजको सिचाङ परम्परा र आधुनिकताको संगम हो — जहाँ वातावरणीय संरक्षण र सांस्कृतिक मूल्यमान्यताको सन्तुलन छ, विभिन्न जातजातिबीच एकता छ, र दक्षिण एशियातर्फ खुल्ने चीनको एउटा प्रमुख द्वारको रूपमा सि-चाङ्ग सधैं नेपालसँग घनिष्ठ सम्बन्धमा रहँदै आएको छ।”

微信图片_20250622063415

उद्घाटन समारोहमा ल्हासाको सांस्कृतिक टोलीले प्रस्तुत गरेका “शुभकामनाको स्तुति”, “पवित्र भूमि भक्ति” र “उत्साहजनक नृत्य” जस्ता कार्यक्रमहरूले दर्शकको मन जितेको थियो।

微信图片_20250622063402

साथै, सोहि दिन आयोजना गरिएको सिचाङ चित्रकला प्रदर्शनीले सहभागिहरूको ध्यान खिचेको थियो — प्रदर्शनीमा प्रस्तुत चित्रहरूले सि-चाङ्गको प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि, पारिस्थितिक सन्तुलन तथा चीन (सिचाङ) र नेपाल मित्रताको झल्को दिएका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर