नेभिगेसन मेनु

भाषाको ज्ञान हुनु सम्पत्तिको आर्जन गर्नु भन्दा पनि सशक्त हो; मन्त्री पाण्डे
सम्पादक:南亚网络电视
लेखक:Manoj Neupane
समय:2025-06-06 19:31


IMG_5651

एस् ए टी भी २४ जेठ, काठमाडौंः आज नेपाल स्थित चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक केन्द्रको सह आयोजनामा नेपालको पर्यटन क्षेत्रमा कार्यरत व्यक्तित्वहरूलाई सातौँ चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई देशबिचको आत्मीयता वृद्धिको निम्ति भाषा ज्ञानको सक्रिय आवश्यकता रहेको बताएका हुन्। सम्बन्धको इतिहास निकै लामो भए तापनि भाषिक आदानप्रदानको कमीले नेपाल चीन मित्रतामा केही बाधा आएको भए तापनि अब भने युवा पुस्ताको चिनियाँ भाषा प्रतिको मोह बढ्नुले सकारात्मक हुने ठाउँ रहेको पनि बताए। यस्तोमा चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड तथा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक केन्द्रको कदमलाई सराहना व्यक्त गरे।

IMG_5574

चिनियाँ भाषा तालिमको अवधि ६ महिनाको हुने आयोजकले जनाएका छन्। उक्त अवधिमा विद्यार्थीहरू एच एस के लेभल ३ को परीक्षा उत्तीर्ण गर्न सक्षम हुने आयोजक मध्यको एक नेपाल चीन सांस्कृतिक तथा शैक्षिक केन्द्रका अध्यक्ष हरिस चन्द्र साहले बताए। अहिले सम्म २४० जना प्रशिक्षित हरूले होटेल व्यवसाय, ट्रेकिङ गाइड, टूर्स र ट्राभल कम्पनी सुचारु, विभिन्न सङ्घसंस्थामा अनुवादक लगायत थुप्रै ठाउँमा आफ्नो दक्षता प्रस्तुत गरिरहेको उल्लेख गर्दै यसले चीन नेपाल मैत्री सम्बन्धमा उचाइ थप्न मदत पुगेको बताए।

IMG_5637

विभिन्न पेसा तथा व्यवसायमा समर्पित पर्यटनकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा नेपालकालागि चिनियाँ राजदूत महामहिम छन् सोङले अहिले विश्वका दस पर्यटक मध्य एक चिनियाँ हुने गरेको र त्यो मध्य केही अंश मात्र नेपाल आउने वातावरण बनाउन सकियो भने त्यसले नेपालको अर्थतन्त्र तथा पर्यटन प्रवर्धनमा धेरै सकारात्मक असर पर्ने बताए। उनले चिनियाँहरू नेपाललाई देवताहरूको नजिकको देश र ट्रेकिङको लागि स्वर्ग भनेर चिन्दछन् भन्दै नेपाल आउँदा चिनियाँ भाषामै बोल्ने वातावरण भए चिनियाँ पर्यटक नेपाल प्रति निकै आकर्षित हुने बताएका थिए। उनले यसको लागि चिनियाँ राजदूतावास लागि पनि परिरहेको बताए।

IMG_5677

सातौँ ब्याचका विद्यार्थीहरू चिनियाँ भाषा सिकेर चीन तथा नेपालमा आफ्नो भाषिक दक्षता प्रस्तुत गर्दै नेपाल चीन मित्रता , सांस्कृतिक आदान प्रदान, तथा कूटनीतिक साझेदारीको दूत बन्नेमा आयोजकको विश्वास रहेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर