नेभिगेसन मेनु

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या
समय:2026-11-24 18:28

united-nations

विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । यसको अर्थ औसतमा हरेक घण्टा करिब पाँच महिला तथा बालिका आफन्त वा नजिकका व्यक्तिबाट मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सार्वजनिक गरेको अनुमानअनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ । यसमा उल्लेख्य परिवर्तन देखिएको छैन ।

महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो । तीमध्ये ४७ हजार पीडितको सङ्ख्याले दैनिक औसत १२९ महिला तथा बालिकाको ज्यान जाने गरेको देखाउँछ ।

प्रतिवेदनमा १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरी उक्त अनुमान तयार गरिएको जनाइएको छ । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये महिला १९ प्रतिशत थिए । तीमध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र त्यस्ता परिस्थितिमा मारिएका थिए ।

संयुक्त राष्ट्रसङ्घले घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीचको सम्बन्धमा हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी