नेभिगेसन मेनु

थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको अवस्था अज्ञात
सम्पादक:南亚网络电视
समय:2024-10-01 17:57

Thailand-_____

काठमाडौं । थाइल्याण्डमा दर्जनौँ विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ ।

थाइल्याण्डको राजधानी बैंककबाहिर भएको दुर्घटनापश्चात बसमा आगलागी भएको हो । यातायातमन्त्रीकाअनुसार १६ बालबालिका र ३ शिक्षक त्यस बसबाट निस्कन सफल भएको तर, २२ विद्यार्थी र ३ शिक्षकको अवस्था भने अज्ञात रहेको छ।

सो बस बैंकक राजमार्गमा जाँदै गर्दा टायर पड्किएसँगै बस दुर्घटना भएको एक उद्धर टोलीका सदस्यले बताए ।

बस कम्प्रेस्ड न्याचुरल ग्यास (सीएनजी) बाट चल्ने मन्त्री सुरियाहे जुआंगरुंआगंकिटले बताए । जोखिमपूर्ण भएकाले सार्वजनिक यातायातमा यस्तो इन्धनको प्रयोगमा रोक लगाउनुपर्ने उनले बताए ।

सरकारले सम्पूर्ण स्वास्थ्य खर्च र मृतकको क्षतिपूर्ति व्यहोर्ने उनले जानकारी गराए । बसमा भने १० शव भेटिएको बीबीसी थाई सर्भिसले जनाएको छ । आगलागीले बसमा पूर्ण रुपमा क्षति भएको छ ।

अत्याधिक तापका कारण अन्वेषकहरु बसमा प्रवेश गर्न नसकेको स्थानीय मिडियाले जनाएको छ । उत्तरी प्रान्त उथाई थानीबाट शैक्षिक भ्रमणबाट फर्किरहेको ३ बसमध्ये एकमा आगलागी भएको हो ।

बसमा सवार सम्पूर्ण बालबालिकाको उमेर खुलिसकेको छैन । यद्यपि, सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको उमेर ३ देखि १५ वर्षको बीच रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर