नेभिगेसन मेनु

ट्रम्पमाथि आक्रमण प्रयास गर्ने व्यक्ति घटनास्थल नजिकै १२ घण्टाअघि लुकेर बसेका थिए
सम्पादक:南亚网络电视
समय:2024-09-17 13:48

donald trump

एस् ए टी भी,०१ असोज, काठमाण्डौं: पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति घटनास्थल नजिकै १२ घण्टाअघि लुकेर बसेका थिए ।

एजेन्टहरूको तत्काल कारबाहीका कारण बन्दुकधारी रायन वेस्ली राउथ ट्रम्पसम्म पुग्न नसकेको अमेरिकाको गुप्तचर सेवाले जनाएको छ।

एफबीआईको गोप्य सेवाले देख्नुअघि रुथ गोल्फ कोर्स नजिकै १२ घण्टा लुकेर बसेका थिए। 

५८ वर्षीय राउथ अमेरिकाको उत्तरी क्यारोलिना राज्यबाट आएका हुन् तर हालै उनी अमेरिकाको हवाईमा बस्दै आएका थिए। रायन वेस्ले रुथलाई आज अर्थात मंगलबार अदालतमा पेश गरिने जनाएको छ।

एफबीआईले राउथको सामाजिक सञ्जालमा पनि खोजी गरेको थियो।  उनले रुससँग चलिरहेको युद्धमा युक्रेनलाई सहयोग गरिरहेको भेटिएको बीबीसी समाचारमा उल्लेख छ। यसबाहेक उनको विगतमा पनि आपराध गरेको रेकर्ड छ।

रुथमाथि आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फ कोर्समा एके-४७ जस्तो राइफल लिएर गएको आरोप छ। एफबीआईले गल्फ कोर्सको झाडीबाट हतियार, एउटा स्कोप, दुईवटा झोला र एउटा गो-प्रो क्यामेरा बरामद गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर