नेभिगेसन मेनु

चिनियाँ उपमन्त्री काठमाडौंमा, आज परराष्ट्र सचिवस्तरीय बैठक
सम्पादक:南亚网络电视
समय:2024-06-25 13:59

chiniya2024-06-25-06-27-27

चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री (परराष्ट्रसचिवसरह) सुन बेइदोङ नेपालको औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् । दुई देशबीच परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन उनी प्रतिनिधिमण्डलसहित नेपाल आएका हुन् । सुनलाई परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी डिभिजन प्रमुख कृष्णप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्ने यो कर्मचारीस्तरको उच्च संयन्त्र हो । परराष्ट्र मन्त्रालयका अनुसार बैठक मंगलबार बस्ने तय भएको छ । दुई देशका शीर्ष नेताहरूबीच यसअघि भएका सबै सम्झौताको कार्यान्वयनको अवस्थाबारे बैठकमा समीक्षा हुनेछ । नेपाली अधिकारीहरूका अनुसार बिआरआई कार्यान्वयन योजनाका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रसचिव सेवा लम्साल र चीनको नेतृत्व सुनले गर्नेछन् । बैठकमा विभिन्न मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । ‘बैठकमा दुईपक्षीय सम्बन्धका सबै क्षेत्रका विषयमा छलफल हुनेछ,’ परराष्ट्रद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ । 

यसपटकको वार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अघिल्लोपटक चीन भ्रमणका क्रममा प्रस्ताव गरेअनुसार नेपाल–तिब्बत–सिचुआन–छोङछिङ विकास करिडोरका विषयमा छलफल गर्ने नेपालको तयारी छ । यसबारेमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने नेपालको प्रस्ताव हुने जानकार अधिकारीले बताए । 

नेपालले चिनियाँ अनुदानका विकास परियोजना तथा चिनियाँ संलग्न परियोजनाको शीघ्र कार्यान्वयनमा जोड दिनेछ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान सुरु होस् भन्ने चाहना नेपालका तर्फबाट पुनः राख्ने तयारी छ । संयन्त्रको यसअघिको बैठक २४ चैत २०७९ मा  बेइजिङमा भएको थियो । 

प्रधानमन्त्रीसँग शिष्टाचार भेट : चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने 

चिनियाँ उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे । उनले सन् २०२६ मा अति कम विकसित मुलुकबाट नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन चीनको सहयोग अपेक्षा गरेको बताए । 

चिनियाँ उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी दिए । उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर