नेभिगेसन मेनु

भारतीय सेनाबाट अवकाश भएर भैंसीपालन
सम्पादक:南亚网络电视
समय:2024-06-02 12:03

bhaisi1

जेठ २० गते । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा जीवन विताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो ।

साविकको कल्याण गाविस वडा नं. ७ सुर्खेतका बासीन्दा कँडेल २०५६ सालमा बसाइसराइ गरेर त्यहाँबाट बाँके झर्नुभएको हो । २३ वर्ष भारतीय सेनामा कार्य गरेपछि दुई वर्ष पहिले अवकाश भएको र विगत एक वर्षदेखि भैंसीपालन सुरु गरेको कँडेल बताउनुहुन्छ ।

“तत्कालीन समयमा देशमा विद्रोही र सरकारबिच युद्ध चलिरहेको थियो, हामी युवाअवस्थामा हुँदा तत्कालीन विद्रोही पक्षले लडाकु हुनुपर्छ भन्ने तथा सरकारी पक्षका सेनाले विद्रोही पक्षको आशङ्का गरेर सोधपुछ गर्नेलगायतका कार्य गर्दा दैनिक जीवन बिताउन अतिनै कष्टकर हुँदैगयो ।” कँडेलले भन्नुभयो, “जीवनरक्षाका लागि पनि आफ्नो ठाउँ छोडेर विदेशिनु प¥यो, विदेश जाने कत्ति इच्छा नहुँदानहुँदै पनि तत्कालीन अवस्थाले विदेशिन बाध्य बनायो ।”

“गाउँ छाडेपछि भारतीय सेनामा भर्ति भएर २३ वर्ष भारतीय सेनामा जीवन व्यतित गरेपछि दुई वर्ष अँघि रिटायर्ड भएँ, रिटायर्ड भएर आएपछि फेरी विदेश जानुपर्छ भनेर कैयौं साथीहरुले सल्लाह दिनुभयो, सिङ्गापुरबाट मासिक ढाई लाख रुपियाँसम्म कमाइ हुने भनेर अफर पनि आयो तर म विदेश जान मानिन ।” उहाँले भन्नुभयो, “नचाहँदा नचाहँदै पनि त्यत्रो वर्ष विदेश बसेर आएँ, अब नेपालमै केही गर्छु भन्ने मनमा लाग्यो र यहीँ आफ्नै पेशा व्यवसाय सुरु गरें ।”

सुरुमा भैंसी नै पाल्छु भनेर व्यवसाय सुरु नगरेको उहाँले बताउनुभयो । “सुरुमा भैंसीपानल व्यवसाय गर्छु भनेर सुरु गरेको होइन, एकदिन यूट््युवमा भारतबाट बर्सेनि अर्बौं रुपियाँको कागती नेपाल आउने गरेको भिडिओ हेरें, त्यसपछि कागतीखेती गर्नतर्फ मेरो ध्यान गयो र कागतीखेती सुरु गरें ।”

नेपालमा कागतीको यत्रो ठुलो बजार रहेछ भन्ने त्यही भिडिओबाट जानकारी भएपछि कागतीखेती सुरु गरेको कँडेलले बताउनुभयो । “कागतीखेती सुरु गरेपछि विरुवामा हाल्नका लागि मल चाहिँदो रहेछ, मलका लागि बल्ल भैंसी पाल्ने सोच गरें र व्यवसायिक रुपमा भैंसीपालन सुरु गरें ।” कँडेलले भन्नुभयो ।

भैंसीपालनबाट उत्पादन भएको दूध अरुलाई बिक्री गर्दा कम पैसामा लिने गरेको थाहा पाएपछि आफैँ दूध सङ्कलन केन्द्रका साथै बिक्री कक्षसमेत आफै सञ्चालन गर्न थालेको उहाँले जानकारी दिनुभयो । कँडेलले हाल फर्ममा करिब एक करोड बढी लगानीमा ३० देखि ३५ वटा उन्नत जातका भैंसी र केही गाईसमेत पालन गर्नुभएको छ । उहाँले आफ्नो फर्मबाट दैनिक एक सय लिटर दूध उत्पादन गर्नुहुन्छ भने नरैनापुर गाउँपालिका वडा नं. ६ जमुनीमा राखेको सङ्कलन केन्द्रबाट त्यहाँका किसानले उत्पादन गरेको दैनिक दुई सय लिटर दूधसमेत खरिद गर्ने गर्नुभएको छ ।

उहाँले आफ्नो फर्म र सङ्कलन केन्द्रमा सङ्कलन गरिएको दूधलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० चारवाहिनी रोडस्थित बिक्री केन्द्रबाट बिक्री वितरण गर्दै आउनुभएको छ । फर्म र सङ्कलन केन्द्रमा गरी स्थानीय ६ जनालाई समेत रोजगारी प्रदान गरेको कँडलले बताउनुभयो ।

उहाँले ३० कट्ठा आफ्नो व्यक्तिगत र २० कट्ठा भाडाको जमिन गरी जम्मा ५० कट्ठा जमिनमा भैंसीपालन व्यवसाय गर्दै आएको बताउनुभयो । फर्ममा भैंसीपालन मात्र नभएर चार सय ५० गोटा सुनकागती–१ जातको कागतीको विरुवा र भैंसीलाई आवश्यक पर्ने एमपी चरी र बहुवर्षीय नेपियर जातको घाँस उत्पादनसमेत गरेको कँडेलले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नेपालगन्जबाट गतवर्ष भैंसी मल्टीपलायर हर्ड व्यवस्थापन कार्यक्रममार्फत् गोठ निर्माण तथा सुधार कार्यक्रम र चिलिङ भ्याट खरिदका लागि पाँच लाख रुपियाँको अनुदान सहयोग प्राप्त गरेको जानकारी दिनुभयो ।

देशमा काम छैन, रोजगारी छैन भन्ने युवायुवतीहरुले आफैँ कुनै सिप सिकेर सानोतिनो व्यवसाय गरेर देशकै माटो खोस्रिनु पर्ने कँडेलको भनाइ छ । “देशमा उत्पादनको जरुरी छ, चाहे जुन क्षेत्रबाट भए पनि उत्पादनमूलक काम ग¥यौं भने बजारीकरणको समस्या छैन ।” किसान कँडेलले भन्नुभयो, “सबै चिज खपत हुन्छ, खपत हुनका लागि उत्पादन जरुरी हुन्छ, तसर्थः उत्पादनमूलक क्षेत्रमै काम गर्नुपर्छ ।”

टोल, समाज तथा राष्ट्रकै आर्थिक उन्नतीका लागि युवाहरु देशमै बसेर उत्पादनमूलक क्षेत्रमा काम गरी स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्ने कँडेलको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर