नेभिगेसन मेनु

पाकिस्तानले सबै सरकारी संस्थान निजीकरण गर्ने
सम्पादक:南亚网络电视
समय:2024-05-17 13:26

Flag_of_Pakistan.svg

पाकिस्तानले देशका रणनीतिक सार्वजनिक संस्थानबाहेक सबै सरकारी स्वामित्वमा रहेका संस्थान निजीकरण गर्ने देशका प्रधानमन्त्री सहबाज सरिफले मंगलबार बताएका छन् । यसअघि सरकारले घाटामा रहेका सरकारी संस्थान मात्र बेच्ने योजना अघि सारेकोमा अहिले त्यसलाई थप विस्तार गरेको छ । प्रधानमन्त्रीले घाटामा रहेका सार्वजनिक प्रतिष्ठानको निजीकरणको प्रक्रियासम्बन्धी समीक्षा बैठकको नेतृत्व गरेपछि यो घोषणा आएको प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । बैठकमा सन् २०२४ देखि २०२९ बीचमा ती संस्थानको निजीकरण सम्पन्न हुने रोडम्यापबारे छलफल भएको पनि कार्यालयले जनाएको छ ।

‘नाफामा होस् वा घाटामा, सरकारी स्वामित्वमा रहेका सबै संस्थानलाई निजीकरण गरिनेछ,’ सरिफले भने । कम्पनीको निजीकरणले देशका करदाताको पैसा जोगिने उनले बताए । यस निजीकरणमा देशका रणनीतिक क्षेत्रका उद्यम भने समावेश नगरिने उनले जानकारी दिए । तथापि सरकारले कुन क्षेत्र रणनीतिक हो, कुन गैररणनीति हो भन्ने स्पष्ट गरेको छैन । गत महिना पाकिस्तानले तीन अर्ब डलरको ‘स्ट्यान्डबाई व्यवस्थापन’को सर्त पूरा गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले इस्लामाबादसँग नयाँ दीर्घकालीन विस्तारित कोषका लागि वार्ता सुरु गरेको एक दिनपछि यो घोषणा आएको हो ।

लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानको स्थिति सुधारका लागि आइएमएफले सिफारिस गरेका विभिन्न सुझावमध्ये एक घाटामा चलिरहेका सरकारी संस्थानको निजीकरण पनि थियो ।  आइएमएफका अनुसार पाकिस्तानमा सरकारी संस्थानको हिस्सा छेउछाउका अन्य मुलुकको तुलनामा निकै ठूलो छ । सन् २०१९ मा त्यहाँको सरकारी संस्थानले देशको कुल गार्हस्थ उत्पादनमा ४४ प्रतिशत हिस्सा ओगटेको थियो । 

अहिलेसम्मको सफलता

पाकिस्तानमा विगतमा चलेका निजीकरण अभियान कमजोर राजनीतिक इच्छाशक्तिले प्रभावकारी हुन नसकेको बजार पर्यवेक्षकहरू बताउँछन् । इस्लामाबादले वर्षौंदेखि घाटामा चलिरहेका सार्वजनिक संस्थानलाई टिकाइराख्न अर्बाैं डलर खर्चर्दै आएको छ । पाकिस्तानमा सबैभन्दा धेरै घाटामा चलेको संस्थानमध्ये एक ‘पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए)’ पनि समावेश छ, जुन बिक्रीको अन्तिम चरणमा छ ।

पाकिस्तानले यसअघि नै २५ संस्था वा तिनको सम्पत्तिलाई निजीकरणको सूचीमा राखेको छ । हाल निजीकरणका लागि खुला गरिएका संस्थानमा धेरै ऊर्जा क्षेत्रका संस्थान छन, जसमध्ये दुईवटा ऊर्जा संयन्त्रले १२ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गरिरहेका छन् । सूचीमा न्युयोर्कको म्यानहट्टनमा रहेको मूल्यवान् रुजवेल्ट होटल र दुई बिमा कम्पनी पनि समावेश छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर