नेभिगेसन मेनु

भारतबाट सल्केको आगोबाट १३ लाख बरावरको क्षति
सम्पादक:南亚网络电视
समय:2024-04-22 11:41

aaglagi

भारतीय नागरिकले आफनो गहुँ खेतमा गहुँको ठुटा तथा छ्वाली जलाउन लगाएको आगोबाट हावाले झिल्को उडाएर नेपालतर्फको वस्ती एवं गहुँ खेतमा ल्याएपछि भएको आगलागीबाट पर्सामा करिब १३ लाख रुपियाँ बरावरको क्षति भएको छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार भारतबाट गहुँको खेतमा लागेको आगो फैलिएर हावाले आगोको झिल्को नेपालतर्फको भलमहिया बस्तिमा पुगेर सल्किएपछि शनिबार दिउसो करिब ३ बजेबाट आगलागी भयो ।  

भारतीय सीमावर्ती बेतिया जिल्ला, मैनाटार प्रखण्डको बसनपुरका किसानले गहुँको खेतमा रहेको ठुटो र छ्वालीमा आगो लगाएका तर बेस्सरी हावा चलेका कारण त्यहाँबाट आगोको झिल्को आएर नेपालतर्फ नहर पारी रहेका छिपहरमाई गाउँपालिका वडा १ भलमहियाका तीन वटा घर र दशौं बिघा गहुँ बालीमा आगो सल्केर क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।  

आगलागीबाट पर्साको छिपहरमाई गाउँपालिका वडा १ भलमहियाका किसुनदेव हजराको फुसको घर, बिरेन्द्र यादवको फुसको गोठ र मलबोद यादवले सञ्चालन गर्नुभएको ओम पाथिभारा पशुपक्षी फर्म जलेर नष्ट भएको छ । 

किसुनदेव हजराको फुसको घरमा रहेको २० क्विन्टल गहुँ, लत्ताकपडा तथा भाँडावर्तन गरी २ लाख ८० हजार बराबरको क्षति भएको छ । त्यसैगरी चेतमन राउत अहिरको ६ कठ्ठाको गहुँ जलेर नष्ट भइ करिब ३२ हजार रुपियाँ बराबरको क्षति भएको छ । 

राजु यादवको ३३ कठ्ठामा रहेको गहुँ र पराल जल्दा १ लाख बराबरको क्षति भएको छ । उपेन्द्र यादवको ४२ हजार बराबरको ८ कठ्ठाको गहुँ, हाकिम यादवको ८ कठ्ठाको गहुँ, ताराचन्द साह तेलीको १ लाख २० हजार बराबरको ३० कठ्ठा गहुँ र पराल, भिखरी राउत अहिरको ३० हजार बराबरको पराल आगलागीबाट जलेर नष्ट भएको छ । 

मलबोद यादवले सञ्चालन गरेको ओम पाथिभरा पशुपक्षी फर्मको २५ क्विन्टल दाना, ३५ वटा कुखुरा र फुसको घर गरी ४ लाख बराबरको क्षति भएको प्रहरी कार्यालयका नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।  

बिरेन्द्र यादवको फुसको गोठमा रहेको १० क्विन्टल गहुँ र भुस जल्दा ८० हजार बराबरको क्षति भएको छ । साहेब राउत अहिरको २० हजार, जुगुल यादवको २० हजार, बिश्वनाथ यादवको ८ हजार बराबरको पराल जलेर नष्ट भएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार मुनिल यादवको ५० हजार मूल्य बराबरको १० कठ्ठा गहुँ, अर्जुन यादवको पनि ५० हजार बराबरकै १० कठ्ठा गहुँ र किशुनदेव यादवको २० हजार बराबरको ३ कठ्ठा गहुँ समेत जलेर नष्ट भएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षकसहित ७ जनाको टोली र प्रहरी चौकी मिर्जापुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जनाको टोली, वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल, बिपद व्यवस्थापन गुल्म पर्साको दमकल र स्थानीयको सहयोगमा साँझ ६ बजे आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर