नेभिगेसन मेनु

लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ पाहुना
सम्पादक:南亚网络电视
समय:2024-04-28 13:48

ch_j3pnEzVV6S

तेस्रो लगानी सम्मेलन २०२४ राजधानीमा शुरु भएको छ । भोलिसम्म हुने सम्मेलनको उद्घाटन समारोहलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका प्रमुख लियु झाओ हुईले सम्बोधन गर्नुभएको छ ।

सम्मेलनमा नेपालसहित ५५ मुलुकका १६ सयभन्दा बढी सहभागी छन् । 

सम्मेलन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । काँग्रेस सभापति तथा संसदमा विपक्षी दलका नेता शेरबहादुर देउवालगायतको त्यहाँ  उपस्थिति छ । सम्मेलनमा ९ खर्बका १ सय ५० परियोजना प्रस्तुत हुँदैछन् ।

सम्मेलनमा चीनका २६५, भारतका १४३,संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८,संयुक्त अधिराज्यका १४, बङ्ग‌लादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया,अस्ट्रेलिया र मलेसियाका नौ नौ जना पनि सामेल भैरहेको बुझिएको छ ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर