नेभिगेसन मेनु

अमेरिकी परियोजना कार्यान्वयननिम्ति अकस्मात बोलाइयो सिडिओहरुलाई
सम्पादक:南亚网络电视
समय:2024-04-26 12:47

cdo_nSI8EjvVlA

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज गोल (एमसिसी) को नेपालस्थित कार्यालय एमसिएले राजधानी वरपरको केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भेला डाकेको छ । एमसिसीको विद्युत प्रशारण लाइन पर्ने आधा दर्जन जिल्लाका सिडिओलाई भोलि दिउँसो ४ बजे काठमाण्डौ बोलाइएको सरकारी उच्च स्रोतले बताएको छ । 

काठमाडौं, नुवाकोट, धादिङ,चितवन, मकवानपुर,नवलपुर, नवलपरासी,रुपन्देही, तनहुँ,स्याङ्जा,पाल्पाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनिवार्य उपस्थितिका लागि गृह मन्त्रालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

परियोजनाका दुई वटा प्रशारण लाइनले छुने जिल्लाका सिडिओहरुलाई समेत गरी दुई चरणमा बोलाइएको बुझिएको छ । एमसिएले आयोजना गर्न लागेको कार्यक्रममा सिडिओलाई निम्तो कसरी ? भन्ने जिज्ञासामा गृह मन्त्रालय स्रोत भन्छ, ‘एमसिएमा मन्त्रालयका सहसचिवको प्रतिनिधित्व भएकाले सोही आधारमा मन्त्रालयले यो भेलाको संयोजन गरेको हो ।’ भेला कुपण्डोलस्थित होटल हिमालयमा राखिएको छ ।

एमसिसी परियोजना कार्यान्वयनमा भएको ढिलाइलाई लिएर अमेरिकी अधिकारीहरुले नेपाली अधिकारीहरुसमक्ष गत फागुनमा चासो राखेका थिए । अमेरिकाको दक्षिण तथा मध्य–एशियाअन्तर्गत नेपाल,श्रीलंका, बङ्गलादेश,भुटान र माल्दिभ्स हेर्ने उप–सहायक मन्त्री अफ्रिन अख्तर नेतृत्वको टोलीले अर्थ मन्त्रालय पुगेर परियोजना निर्माणमा भएको विलम्बबारे गम्भीर चासो राखेको थियो ।

त्यसक्रममा एमसिसी परियोजनाको पछिल्लो अवस्था तथा निर्माण कार्यमा स्थानीय तथा राजनीतिक दलका तर्फबाट अवरोध भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । एमसिसी परियोजनामा आवद्ध कर्मचारीहरुलाई धम्की आएको विषयमा पनि छलफल भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर