नेभिगेसन मेनु

झोलुङ्गे पुल सञ्चालन
सम्पादक:南亚网络电视
समय:2024-03-08 12:30

jholunge-pul

फागुन २५ गते । बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न कालीगण्डकी नदीमाथि निर्माण भएको ५२४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ । उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मितिभन्दा चार महिनाअगावै सम्पन्न भएको हो । लक्ष्यभन्दा अगावै पुल निर्माण गरेर व्यवसायीले उदाहरण प्रस्तुत गरेका छन् । 

बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट जलजला गाउँपालिका–८, नाग्लीबाङको ओडारे जोड्ने उक्त पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । पुल निर्माण भएसँगै  करिब दुई घण्टाको यात्रा १५ मिनेटमा छोटिएको छ । नाग्लीबाङवासीलाई बागलुङ बजारमा आवतजावत गर्न सहज भएको छ ।  

दुई वर्षभित्रमा योजना सम्पन्न गर्न २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबिच भ्याटबाहेक आठ करोड २३ लाख ४१ हजार ४११ रुपियाँमा  ठेक्का सम्झौता गरेको थियो । योजना सम्झौतालगत्तै परिचालन भएको निर्माण व्यवसायीले मजदुर र उपकरण परिचालन गरेर चार महिनाअगावै योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बताउनुभयो । 

निर्माण कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले भन्नुभयो, “चार महिनाअगावै योजना सम्पन्न गरेका छौँ । लक्ष्यभन्दा अगाडि नै पुल निर्माण गर्नु पर्दछ भनेर पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर काम ग¥यौँ । अहिले पुलबाट वारपार गर्न मिल्ने भएको छ ।” उक्त पुल एकल स्पानको सस्पेन्सन ब्रिजमध्ये विश्वकै दोस्रो लामो झोलुङ्गे पुल भएको दाबी गरिएको छ । 

पुल निर्माण सम्पन्न भएपछि जलजला–८, नाग्लीबाङका स्थानीय घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यताको अन्त्य भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । जलजलाका नागरिक व्यापारिक कामका लागि बागलुङ आउन निकै सहज हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नाग्लीबाङवासी दुई घन्टा हिँडेर बागलुङ बजार आउनु पर्दथ्यो । पुल बनेपछि १५ मिनेटमा बजार आउन सकिन्छ । पुलले दुवैतर्फका सर्वसाधारणलाई आवतजावतमा निकै सहज बनाएको छ । पुलले बागलुङ र पर्वतको पर्यटन क्षेत्रमा समेत सघाउ पु¥याउने छ ।” 

लामो र अग्लो पुल भएकाले आन्तरिक पर्यटकलाई पनि यसले आकर्षित गर्ने उहाँले बताउनुभयो । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङमा यसअघि बागलुङ नगरपालिका–१, रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१, अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर