फागुन १५ गते । नाबालिका करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका – १८ घर भई हाल काठमाडौँ स्थित बालुवाटार बस्दै आएका ३२ वर्षीय प्रदीप लामा लोप्चन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ बर्षिय नाबालिकालाई बिभिन्न प्रलोभनमा पारेर ललाई फकाई २०८० माघ २१ गते देखि काठमाडौँबाट भगाई गोरखाको पालुङटार नगरपालिका – ५ मा आफन्तको घरमा लगेर पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पीडित नाबालिकाको आफन्तको जाहेरी दरखास्तको आधारमा करणी आरोपी प्रदीप लामा लोप्चनलाई शनिवार पक्राउ गरिएको हो ।