नेभिगेसन मेनु

कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-03-04 12:50

sdfhb

फागुन २१ गते । गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल ब्याबसायी सञ्चालन गर्नु भएका ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनु भयो । 

उहाँका अनुसार २०८० फागुन १५ गते बिहान साँढे ११ बजेको समयमा वर्ष ४१ का ईश्वर बस्नेतले आफ्नै होटेलमा काम गर्ने नाम परिवर्तित घ कुमारी युवतिलाई होटेलमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको युवतिको जाहेरी दरखास्तको आरोपमा आरोपी ईश्वर बस्नेतलाई आज आइतबार पक्राउ गरिएको हो । 

पक्राउ परे लगत्तै आरोपी विरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर