नेभिगेसन मेनु

सडकसँग जोडिँदै दुर्गम गाउँहरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-19 15:02

durgam-gaau

पुस ३ गते । जिल्लाको दुर्गाथली गाउँपालिका-१ का विजय तिरुवालाई गाउँमा सवारीसाधन चढेर आउन पाईएला भन्ने विश्वास थिएन । आफ्नै गाउँका टोलटोलमा सडक पुग्ला र घरघरले सवारीसाधन किनेर दुर्गम गाउँ पनि सुगम जस्तै सुविधा सम्पन्न होला भनेर त झनै उहाँले परिकल्पनासम्म गर्नुभएको थिएन । 

त्यस्तै, दुर्गाथली गाउँपालिका-६ चुहावनका बिरभान महतले एक महिला लगाएर टनकपुर, झुलाघाटबाट दैनिक उपभोग्य वस्तु नुन, तेल ल्याएको सम्झना उहाँको मानस्पटलमा अझै ताजा छ । महतले भन्नुभयो, “देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि ग्रामीण क्षेत्रमा निकै विकास भएको मान्नुपर्छ । हाम्रो जस्तो दुर्गम गाउँमा समेत यसरी सडक बन्ला र गाडी चढेर आउला भन्ने त सपनामा थिएन” । आँगनमै गाडी आउला र यहाँको स्थानीय उत्पादन फलफूल, घ्यु, भटमास, जडिबुटी लगायतका वस्तु निर्यात गरेर मनग्य आम्दानी होला भनेर त महतले मात्र होइन चुहावन, दौला, जाफ्री, भलाने लगायतका दुर्गम गाउँका बासिन्दाले कहिल्यै सोचेका थिएनन् । अहिले सडकको पहुच समेत दुर्गम गाउँका टोलटोलसम्म पुगेपछि सहरको विकास गाउँमै पुगेको स्थानीयको अनुभव छ । 

नुन, चामल, गहुँ लगायतका अति आवश्यक दैनिक उपभोग्य वस्तु किन्नलाई यहाँको स्थानीय मौरीबगर बजारमा मात्र जान आउनका लागी चुहाँवन, दौला, भलाने तथा जाफ्रीका स्थानीयबासीहरुले दुई दिनको पैदल हिँडेर पिठ्युमा बोकेर ल्याउनुपर्ने अवस्था थियो । स्थानीय सरकारले दुर्गम बस्तीहरुका नागरिकलाई सडक सञ्जालमा जोड्नका लागि सडकमा १ करोड ५० लाख रुपियाँ विनियोजन गरेर सडक निर्माण गरिदिएपछि दुर्गम बस्तीहरु समेत सुगमको लयमा जान थालेका छन् । 

खाध्य उत्पादनका हिसाव न्यून रहेको दुर्गाथली गाउँपालिकाको माथिल्लो क्षेत्रमा विशेषगरी आलु, चोतो, सिमी, भट्मास र फलफूल मात्र उत्पादन हुने गर्दछन् । यस क्षेत्रका अधिकाशं युवाहरु यहाँ आय आर्जनको कुनै सम्भावना नदेखेर वैदेशिक रोजगारीको सिलसिलामा भारत लगायतका तेस्रो मुलुकमा छन् । पछिल्लो समयमा यहाँका गाउँमा सडकको विस्तार भएसँगै यस क्षेत्रको स्थानीय उत्पादनले समेत बजार पाउन थालेको छ । छबिसपाथीमेरा गाउँपालिका बुडखोरीका गोरख धामीले भन्नुभयो, “नियमित सडक मात्र सञ्चालनमा आए खण्डमा यस क्षेत्रबाट भटमास, आलु, चोतो, सिमी लगायत अन्य जडिबुटी समेत अहिले निर्यात भईरहेको छ” । 

दुई वर्ष अगाडी आफूले उत्पादन गरेको तरकारी सडक अवरुद्ध भएका कारण बारीमा कुहिएको अनुभव सुनाउँदै गरि खाने मान्छेका लागी अहिले गाउँमा पनि राम्रो सम्भावना रहेको समेत उहाँको भनाइ छ । दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्यालले गाउँपालिकाको विकट गाउँमा सडक सञ्जाल जोडिएपछि मात्र सडक गाउँमा पुगेसँगै खरले छाएका घरहरु समेत पक्की लेन्टर हालेर सहर जस्तै बन्न थालेका बताउनुभयो । अहिले गाउँपालिका दुर्गम गाउँमा समेत एक गाउँमा कम्तीमा पनि पाँच, छ वटा पक्की घर निर्माण भएका छन् भने अझै पक्की घर निर्माण गर्ने कार्यले समेत निरन्तरता पाएको उहाँको भनाइ छ । 

गाउँमा सडक जोडिएपछि सिमेन्ट, सरियाँ, बालु्वा, ढुङ्गा लगायतका वस्तुहरु ढुवानी गर्न सहज भएको छ । दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले दुर्गाथली गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जाल पुगेको बताउँदै स्थानीय सरकारले यस वर्षमा मात्र ठूलो स्काईभेटर किनेर सडकको स्तरउन्नती गर्ने, सडक नपुगेका टोलमा सडकको पहुँच पुर्याउने कामलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “यस गाउापालिकाभरि झण्डै १४ वटा ग्रामीण सडकहरु छन् ।" ठेकेदार कम्पनीमार्फत् काम गर्दा ढिलो र गुणस्तरीय काम नहुने हुँदा पालिकाले स्काईभेटर खरिद गरि तेलका लागी समेत बजेट विनियोजन गरेकाले पाँच वर्षको अवधिमा सबै सडकहरुको स्तर उन्नती गरि सक्ने योजनाका लागि रहेको बताउनुभयो । 

यसरी दुर्गम गाउँमा सडकसँगै विकासको लहर चलेको छ । सडक बनेपछि स्थानीय उत्पादनले बजार मात्र पाएको छैन । यहाँका दुर्गम बस्तीहरु विस्तारै बजारिकरण हुन थालेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर