नेभिगेसन मेनु

डा. केसीको सत्याग्रहप्रति आपत्ति
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-17 12:52

dr-kc

पुस १ गते । सरकारले गरेको निर्णयभन्दा फरक माग राखेर सत्याग्रह आन्दोलन थालेपछि प्राध्यापक डा. गोविन्दराज केसी सुदूरपश्चिम प्रदेशमा आलोचित हुनुभएको छ ।  प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्नुपर्ने माग राखेर तीनदिने अनशन थालेपछि उहाँको आलोचना भएको हो । सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज वा विश्वविद्यालयको माग गर्दै लामो समयदेखि आन्दोलनरत प्रदेशवासीले डा. केसीको मागप्रति आपत्ति र आक्रोश पोखेका छन् । 

डा. केसीले स्वास्थ्य र शिक्षा क्षेत्रको समग्र सुधार तथा सबैको समान पहुँचको माग राखेर शुक्रबारबाट अनशन सुरु गर्नुभएको छ । सरकारले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयसहित कानुन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ । धनगढीमा अनशन सुरु गर्दै डा. केसीले विश्वविद्यालय बनाउन मेडिकल कलेज र प्रतिष्ठानभन्दा बेसी पैसा चाहिने उल्लेख गर्नुभयो । जनशक्ति पनि उत्तिकै चाहिने भन्दै उहाँले अगाडि थप्नुभयो, “आर्थिक मन्दी छ पनि भन्ने अनि बढी खर्च गर्ने ?” 

अस्पताल सञ्चालन गर्न पैसा छैन भन्ने अनि युनिभर्सिटीमा जाने कुरा गर्ने ? के गरी युनिभर्सिटी हुन्छ ? युनिभर्सिटी हुनलाई अवधारणापत्र चाहिन्छ । पहिला सम्भाव्यता अध्ययन गर्नु पर्छ । प्रोजेक्ट तयार गर्नु प¥यो । यो सबै गरेपछि युनिभर्सिटी हुन्छ,” डा. केसीले भन्नुभयो । युनिभर्सिटी नै बनाउने हो भने सरकारले काठमाडाैँको टिचिङ हस्पिटलको इन्स्टिच्युटलाई विश्वविद्यालय बनाउँदा थप लगानी गर्नु नपर्ने केसीको भनाइ थियो । “त्यहाँ जनशक्ति पूरा छ । पूर्वाधार पनि छ । तुरुन्तै सञ्चालन गर्न सकिन्छ नि !” उहाँले अगाडि थप्नुभयो, “त्यो चाहिँ नहुने, यहाँ कसरी...?” 

सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा त्यसलाई प्रतिष्ठानमा खुम्च्याउने गरी केसीले माग उठाएपछि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि आन्दोलन गर्दै आएको सङ्घर्ष समितिले आपत्ति जनाएको छ । सो समितिले डा. केसीको सत्याग्रहप्रति नै शङ्का गर्दै सत्याग्रही नै परिचालित भएको आरोप लगाएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा डा. केसीले विश्वविद्यालय बनाउने निर्णयमाथि नै जाइलागेको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ ले बताउनुभयो । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नबनाएर काठमाडौँको टिचिङमा बनाउनुपर्ने वक्तव्य दिएर डा. केसीले सुदूरपश्चिमलाई हेपेको आरोप उहाँको छ । 

समितिका संयोजक पाण्डेयले भन्नुभयो, “डा. केसीको स्वास्थ्य क्षेत्रमा सुधारको अभियानबाट सुदूरपश्चिमले के पायो भनेर आलोचना गर्न नमिल्ला तर देशमा आठ वटा प्रतिष्ठान, २१ वटा जति मेडिकल कलेज र १५५ भन्दाबढी ठुला स्वास्थ्य संस्था हुँदै गर्दा डा. केसी जस्ता अभियन्ताले किन बोल्नुभएन, आज बन्नै लागेको विश्वविद्यालयको विरोध गर्न पाइँदैन ।”

यसअघि, डा. केसीले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमै अनशन बस्ने तयारी गर्नुभएको थियो । मागमा भिन्नता रहेको भन्दै सङ्घर्ष समितिले सोधीखोजी गर्ने क्रममा चर्काचर्की भएपछि उहाँ धनगढीमा आएर अनशन बसिरहनुभएको छ । धनगढीमा उहाँले अनशन बस्दै गर्दा त्यसको विरोधमा सामाजिक सञ्जाल तातेको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विरुद्धमा बोल्ने जो कोहीलाई पनि वहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्थानीय सुदूरपश्चिमवासी र नागरिक समाजले समेत डा. केसीको आन्दोलनलाई साथ नदिने बताएका छन् ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर