नेभिगेसन मेनु

प्रदर्शनीमा थारू संस्कृति
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-09 14:07

थारु-कला,-संस्कृति-प्रदर्शनी-22-(1)

मङ्सिर २३ गते । माटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ । घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखिएका छन् । झट्ट हेर्दा थारू गाउँको झल्को दिने यो गाउँ नभई प्रदर्शनी स्थलको दृश्य हो । 

धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको छ । थारू समुदायमा प्रचलित विभिन्न चिजबिज र थारू गाउँका बारेमा जानकारी दिने लक्ष्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको हो । 

थारू गाउँ प्रदर्शनी स्थलमा विभिन्न वस्तुको अवलोकनदेखि लिएर परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ । घोँगी, ढिक्री, माछा, बङ्गुरको मासुलगायतका परिकारको स्वादसँग रमाउन सकिन्छ । प्रदर्शनीले लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास प्रदर्शनीका संयोजक हेमन्त चौधरीको छ । उहाँले भन्नुभयो, “हाम्रो थारू समुदायको कतिपय संस्कृति, संस्कार, चिजबिज हराइरहेका छन् । त्यस्तो चिजको संरक्षण गर्ने उद्देश्यले थारू गाउँ प्रदर्शनी गरिएको हो ।”

प्रदर्शनीमा थारू सङ्ग्रहालय पनि राखिएको छ । सङ्ग्रहालयमा थारू समुदायको पहिचान र संस्कृति झल्काउने चिजहरू छन् । चिटिक्क परेको माटोको घरमा रहेको सङ्ग्रहालयमा ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, हेल्का, डिलिया, ढरिया, जाललगायतका सामग्री अवलोकनका लागि राखिएको छ । डोली, डोला, चनडोला प्रदर्शनीका लागि राख्नुका साथै दुई वटा अटुवा तयार पारिएको छ । 

थारू गाउँको अवलोकनका लागि आएका अवलोकनकर्ताले थारू पहिरन लेहेङ्गा, चोलिया, धोती लगाएर अटुवामा बसी रमाउन सक्ने संयोजक चौधरीले जानकारी दिनुभयो । थारू गाउँ प्रदर्शनी स्थलमा हरेक दिन परम्परागतदेखि लिएर आधुनिक थारू नृत्य देखाइने जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर