नेभिगेसन मेनु

हेलिकप्टरबाट सुत्केरीको उद्धार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-18 16:46

heli

पुस २ गते । सुत्केरी हुन नसकेर गम्भिर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका –११ की ३० वर्षीया थापाको सुत्केरी हुन नसकेर पाठेघर फुटेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । 

सुत्केरी चेकजाँच गर्नका लागि जिल्ला अस्पताल बझाङमा पुस २८ गते आएकी थापा चेकजाँच गरि सोही दिन घर फर्किनुभएको थियो । सुत्केरी व्यथाले च्यापेपछि आइतबार जिल्ला अस्पताल बझाङमा भर्ना हुनुभएकी थापाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने डाक्टरले सुझाव दिएपछि बिरामीका आफन्तले भने मानेका थिएनन् । 

जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख इन्द्रबहादुर शाहले भन्नुभयो, “यो समस्या आएपछि बैतडीबाट विशेषज्ञ डाक्टर बोलाएका थियौं । राति १० बजे बच्चाले दिसा खाएको थाहा भएपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सुझाव दिँदा बिरामीका आफन्तले मानेनन् । फेरि राति २ बजे बच्चाको श्वासप्रश्वासमा समस्या भई बच्चाको पेटमा नै मृत्यु भएपछि शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भएको थियो । आमाको पेट अस्वाभाविक रुपमा सुन्निन थालेको थियो । ” 

वर्षेनी जिल्लामा उपचार हुन नसकेर धेरै सुत्केरीको रिफर गर्नुपर्ने अवस्था छ । जिल्लामा २५ शय्याको अस्पताल भए पनि दक्ष जनशक्ति र आधुनिक उपकरण नभएर जिल्लामा धेरै सुत्केरी आमा अकालमै ज्यान गुमाउन बाध्य छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर