नेभिगेसन मेनु

टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-17 16:30

suprime_court1

मङ्सिर १ गते । टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरुमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै आज कानुन व्यवसायीहरुले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आठ वटा रिट दर्ता भएको जानकारी दिनुभयो । आज अधिवक्ता डा. सुनिल रंजन सिंह समेतले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर