नेभिगेसन मेनु

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त तुर्कबिच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2026-09-27 12:15

 

 bhet

काठमाडौँ, असोज ११ गते । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कबिच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा नेपाल-संयुक्त राष्ट्रसंघ सहकार्य तथा मानव अधिकारसँग सम्बन्धित विविध विषयमा छलफल भएको हो ।

भेटवार्ताका क्रममा दुवै पक्षले नेपालको राष्ट्रिय स्वामित्व र नेतृत्वमा अघि बढिरहेको शान्ति प्रक्रियासँग सम्बन्धित विषय, विकास र मानव अधिकारबिचको अन्तरसम्बन्ध तथा बढ्दो जलवायु परिवर्तनका विनाशकारी प्रभावबारे विचार आदानप्रदान गर्नुभयो ।

साथै, नेपालमा भएको भोटेकोशी विपद्पछिको जारी पुनःस्थापना तथा पुनर्निर्माण प्रयासका विषयमा समेत छलफल भएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर