नेभिगेसन मेनु

श्रमलाई मर्यादित बनाउन सकारात्मक सोच आवश्यक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-15 13:07

Untitled-1 (6)

असोज २८ गते ।  संविधानले महिला वा पुरुषले गर्ने काम (श्रम) मा अन्तर नहुने व्यवस्था गरेको भए पनि समाजले महिलाले गर्दै आएका कतिपय श्रमलाई हेलाको दृष्टिले हेर्ने गरेको धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीले गुनासो गर्नुभएको छ ।

श्रमिक महिला रक्षा सङ्घले शुक्रबार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्रियाशील क्षेत्रमा महिलाको अवस्था विषयक सरोकारवाला निकायसँग गरेको अन्तव्रिर्mया कार्यक्रमका सहभागीले यस्तो बताउनुभएको हो । 

नेपालको संविधानबमोजिम सरकारले बनाएका ऐन कानुनले पुरुष र महिला कामदारलाई समान काममा समान ज्याला र समान मर्यादा उल्लेख गरेको भए पनि व्यवहारमा लागु हुन नसकेको धारणा व्यक्त गर्दै उहाँहरूले श्रमिक महिलाको हक अधिकार रक्षाका लागि सरकार, निजी क्षेत्र, सामाजिक सङ्घ संस्थालगायतका सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 

कार्यक्रम आयोजक र सहभागीको गुनासोमा सहमति जनाउँदै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले एउटै प्रकृतिको काममा लैङ्गिक हिसाबले महिला वा पुरुषमा अन्तर छुट्याउन नहुने बताउनुभयो । पेसा वा परिश्रमलाई समान र मर्यादित बनाउन ऐन कानुनसँगै सरोकारवालाको सकारात्मक सोच आवश्यक रहेको चर्चा गर्दै मन्त्री साउदले भन्नुभयो, “ऐन नियमको कार्यान्वयन गर्न र समाजमा रहेका असमानता हटाउन तपाईंहरूको रचनात्मक साथ र समन्वयमा प्रदेश सरकार जस्तो सुकै कदम चाल्न तयार छ ।”

यसअघि कार्यक्रममा सहभागी महिला अधिकार र सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले निजी क्षेत्रका कलकारखाना, लघुवित्त सहकारी, अस्पताल, होटल, विद्यालयलगायतका व्यापार व्यवसायमा कार्यरत महिलाको श्रमका साथै शारीरिक शोषण हुने गरेको बताउँदै अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत ती महिलाको परिश्रमलाई मर्यादित बनाउँदै उनीहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा जोड्नुपर्ने माग गर्नुभएको थियो । 

प्रदेश सभा सदस्य तथा महिला अधिकारकर्मी तुलसी देवकोटाले महिला पुरुष नछुट्याई समान कामका लागि समान ज्याला हुने संवैधानिक अधिकार भएकाले पूर्ण कार्यान्वयनका लागि सरोकारवाला सबैले एकजुट भएर सरकारको ढोका घचघच्याउनुपर्ने बताउनुभयो । 

यस्तै प्रदेश सभा सदस्य एवं संसदीय सामाजिक विकास समिति सदस्य सन्तोष शर्मा थापाले समाजमा महिला पुरुषबिचको हेराई र दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक अभियन्ता एवं संविधान सभा सदस्य हरि श्रीपाइलीले ज्याला मजदुरी गर्ने महिलाको पीडा झन् दयनीय रहेको बताउनुभयो ।

श्रमिक महिला रक्षा सङ्घका केन्द्रीय अध्यक्ष सविना तामाङको अध्यक्षतामा सम्पन्न उक्त अन्तव्रिर्mयामा महिला अधिकारकर्मीसँगै प्रहरी प्रशासन र समाजका विभिन्न क्षेत्रमा क्रियाशील पेसागत सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर