नेभिगेसन मेनु

माओवादी केन्द्रका नेता बडुवालको निधन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-28 15:41

badu

धनगढी, असोज ११ गते । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवालको निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उहाँको आज (बिहीबार) बिहान निधन भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ चौरीवासी बडुवालको स्वास्थ्य समस्या भएपछि लम्कीस्थित लालरत्न अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि नेपालगञ्जस्थित नर्सिङ होम लगिएका बडुवालको त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लग्ने क्रममा बाटोमा निधन भएको नेकपा माओवादीका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरी (उत्सव) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार माओवादीको तीनमहिने अभियानको क्रममा डोटीको बडीकेदार र जोरायलमा खटिनुभएका बडुवाललाई सोही क्रममा स्वास्थ्य समस्या भएको थियो । २०७१ साल असोज २० गते जोरायलमै भएको बस दुर्घटनामा बडुवालले पत्नी र एक छोरा गुमाउनुभएको थियो ।

बडुवालको निधनले माओवादी पार्टीले एक सक्षम नेता गुमाएको बताइएको छ । उहाँ आफ्नो पार्टी र लम्की क्षेत्रमा निकै प्रिय नेता मानिनुहुन्थ्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर