नेभिगेसन मेनु

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विदेशी पाहुना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-28 18:54

_DSC5028-Cover-1

काठमाडौं, असोज ११ गते । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विभिन्न देशका जनप्रतिनिहरु आउनुभएको छ ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनीता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनुभएका अतिथिहरुलाई स्वागत गर्नुभएको छ ।

महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन वटा देशका पाँच वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्नुहुँदै २० जना अतिथि काठमाडौँ आउनुभएको हो । यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आउनुभएको छ ।

मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

सम्पदा मार्गको अवलोकन

आज (बिहीबार) बिहान वसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भयो । उहाँहले आज नै सुरु हुने कुमारी रथयात्राको अवलोकन गर्नुहुनेछ ।

भोलि भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यसपछि आर्ट ग्यालेरीको अवलोकन हुनेछ । भोलि नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनुहुनेछ ।  

जात्रा कार्यक्रमअन्तर्गत आजबाट रथ यात्रा सुरु हुनेछ । आज दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै वसन्तपुर) मा रथ यात्रा हुनेछ । रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवंगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ । 

भोलि (शुक्रबार) माथिल्लो टोल (वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर) मा रथ यात्रा हुनेछ । रथयात्राका समयमा पञ्चबुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।

असोज १५ गते नानीचाका दिन (वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ः३७ बजे इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस वर्षका लागि इन्द्रजात्राका कार्यक्रम सकिनेछन् ।

यसरी तीन दिन हुने रथयात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजाआजा गर्ने गर्छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर