नेभिगेसन मेनु

आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : टर्कीका राष्ट्रपति एर्दोगान
सम्पादक:南亚网络电视
लेखक:सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
समय:2023-09-17 13:57

tarki

काठमाडौं, भदौ ३१ गते । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।

उहाँले आफूहरू आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताउनुभएको हो । उहाँले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्याङ्कन गरेर आफूहरू इयुबाट अलग हुने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा भग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले टर्कीले युरोपेली संसद्ले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्याङ्कन गर्ने बताउनुभयो । इयुले कानुनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर