नेभिगेसन मेनु

‘युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौं’ : पुटिन
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-24 12:02

thumb (3)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन् । उदीयमान शक्ति राष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन् ।

यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए ।

दक्षिण अफ्रिकामा जारी ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन भने सहभागी भएका छैनन् । उनले सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए । अधिकांश अन्तर्राष्ट्रिय मिडियाले भने पुटिन पक्राउ पर्ने त्रासले दक्षिण अफ्रिका नगएको उल्लेख गरेका छन् ।

बेलायत, भारत, चीन र दक्षिण अफ्रिकासहित रुस पनि ब्रिक्समा आबद्ध एक शक्तिराष्ट्र हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जारी शिखर सम्मेलनमा तीनै देशका प्रमुख गए पनि पुटिन भने गएका छैनन् ।

भिडियो सम्बोधनको क्रममा पुटिनले अमेरिकालाई लक्षित गर्दै युक्रेनको युद्धका लागि पश्चिमलाई आरोप लगाएका थिए । साथै २०१२ मा युक्रेनमा ‘कु’ गराएको पनि बताएका थिए । जबकि २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनका दुई क्षेत्र कब्जा गर्दै आक्रमण गरेपछि दुई देशबीच युद्ध हुँदै आएको छ ।

यद्यपि यसबीचमा अमेरिकालगायत पश्चिमा शक्तिहरूले युक्रेनलाई साथ दिँदै आएका छन् । र, युद्ध अन्त्य गर्नका लागि रुस जिम्मेवार रहनुपर्ने बताउँदै आएका छन् । युक्रेनको सीमा क्षेत्रस्थित बेल्गोरोडमा ड्रोन आक्रमणबाट तीन जना मारिएको केही घण्टापछि पुटिनले ब्रिक्सको सम्मेलनमा सम्बोधन गरेका हुन् । यससँगै मस्कोमा पनि ड्रोन आक्रमणबाट एउटा गगनचुम्बी भवनमा क्षति पुगेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर