नेभिगेसन मेनु

रुसी सेनाविरुद्ध विद्रोह गर्ने वाग्नर समूहका प्रमुख प्रिगोजिन हवाई दुर्घटनामा मारिएको दाबी
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-24 11:58

thumb (2)

काठमाडौँ — रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेका रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन विमान दुर्घटना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनाग्रस्त विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वाग्नर भाडा समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको दाबी गरेको छ । ग्रे जोन टेलिग्राम च्यानलले पोस्ट गरेको भन्दै बीबीसीले लेखेको छ, 'रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप' प्रिगोजिनको मृत्यु भयो ।'

प्रिगोजिनले जुनमा रुसको सशस्त्र सेनाविरुद्ध एक विद्रोहको नेतृत्व गरेका थिए । बेलारुसको मध्यस्थतामा पछि उनी त्यतै गएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

युक्रेनमाथि रुसले हमला गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो ।

प्रिगोजिनको वाग्नर सेनाले रुसको तर्फबाट युक्रेनमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेको थियो । तर, रुसी सेनाका शीर्ष अधिकारीहरूसँग महिनौंदेखि यो फौजको विवाद बढेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर