नेभिगेसन मेनु

मधेशका इतिहासविद् खोज्दै प्रतिष्ठान
सम्पादक:南亚网络电视
समय:2023-07-06 13:19

Untitled-2 (1)

जनकपुरधाम, असार २१ गते । मधेशको इतिहास लेखनका लागि इतिहासविद्हरूको खोजीमा जुटेको छ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामले मधेशको इतिहास लेखनका लागि मधेशसम्बन्धी इतिहासविद् एवं जानकारको खोजीमा जुटेको हो । 

मधेशको इतिहास कहिँकतै नभेटिएको दाबीसाथ मधेशको इतिहास लेख्न नेपाल र भारतका इतिहासविद् र जानकारको खोजीमा जुटेको प्रतिष्ठानका अध्यक्ष रामभरोज कापडी 

‘भ्रमर’ ले जानकारी दिनुभयो । पूर्वपश्चिम मधेशका २२ जिल्लाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतको विषयका इतिहास दस्तावेज नभेटिएकाले जानकार इतिहासविद्लाई भेला गरी इतिहास लेखनतर्फ प्रतिष्ठान अगाडि बढेको उहाँले बताउनुभयो ।

यसै क्रममा मधेशसम्बन्धी जानकार, इतिहासकारको नाम खोजी भइरहेको बताउँदै उहाँले भन्नुभयो, “केहीको नाम सूची तयार गरेका छौँ, मधेशसम्बन्धी जानकारहरू भारतमा पनि रहेका छन्, नाम सङ्कलन गरी सूची तयार गरिहेका छौँ ।” मधेशको इतिहास जानकार, विज्ञ कहिँकतैबाट नाम थाहा पाए पनि सम्पर्क नम्बर र अहिले बसोबास गरिरहेको स्थान पत्ता लगाउन समस्यासमेत भइरहेको उहाँले बताउनुभयो । 

नेपालभरि मधेशको भूगोल, हावापानी, वातावरण, कला संस्कृति, साहित्य, सङ्गीतलगायतको इतिहास जानकारहरूको खोजी कार्य गरिरहेका छौँ, उहाँले थप्नुभयो, “जुनसुकै भूगोलमा बसोबास भए पनि मधेश भूगोलको सूक्ष्म जानकार चाहिन्छ ।” मधेश प्रदेश सरकारले मधेशको इतिहास लेखनको मुख्य उद्देश्यका साथ प्रतिष्ठान गठन गरेको बताउँदै अध्यक्ष भ्रमरले मधेशको भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकलाको संरक्षण, संवर्धन, विकासका लागि कार्य गरिरहेको बताउनुभयो । 

मधेश प्रदेशका आठ जिल्लासहित मधेशका २२ जिल्लाको इतिहास लेखन पूर्व नेपाल–भारतका इतिहास, जानकारहरूको सामूहिक भेला आयोजना गर्न लागेको उहाँले बताउनुभयो । यहीँ असार २२ र २३ गते बर्दिबासमा मधेशको इतिहासको लेखन सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्न लागेको प्रतिष्ठानको सदस्य दिनेशकुमार यादवले जानकारी दिनुभयो । सेमिनारमा नेपाल र भारतका विभिन्न विद्याका इतिहासकार, विज्ञ, जानकारहरूको सहभागिता रहने उहाँले बताउनुभयो ।

दुई दिनसम्म चल्ने सेमिनारमा 

पहिलो दिन अन्तर्राष्ट्रिय र दोस्रो दिन राष्ट्रियस्तरका इतिहासकार, विज्ञहरूसँग मधेशको इतिहास लेखनसम्बन्धी छलफल गरिने जनाइएको छ । सेमिनारमा विभिन्न क्षेत्र, विद्याका नेपाल र भारतका गरी करिब ७५ जना सहभागी रहने अनुमान गरिएको छ । इतिहासकारहरूको नाम सूची सङ्कलन कार्य जारी रहेकोले कुन ठाउँबाट कति जना सहभागी हुने सङ्ख्या यकिन नभएको प्रतिष्ठानका कार्यालय प्रमुख हृदय यादवले बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर