नेभिगेसन मेनु

निःशुल्क स्यालो ट्युबवेल र अनुदानमा मोटर
सम्पादक:南亚网络电视
समय:2023-06-18 15:29

0

बर्दिबास, असार ३ गते । हरिया तरकारी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको औरही नगरपालिकाले त्यहाँका किसानका लागि सिँचाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले तीन सय थान सिँचाइ मोटर र २५० थान स्यालो ट्युबवेल वितरण गरेको हो । 

नगरपालिकाले शुक्रबारदेखि १, २, ७, ८ र ९ नम्बर वडाका किसानलाई २ एचपी क्षमताको मोटर तथा स्यालो ट्युबवेल वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा मोटर तथा सात हजार जडान खर्चसहित स्यालो ट्युबवेल सामग्री निःशुल्क उपलब्ध गराएको जनाएको छ । औरही नगर प्रमुख प्रदीप खड्काले मोटर र ट्युबवेल जडान भइसकेपछि ती वडाका छ सय किसान परिवारका एक हजार पाँच सय हेक्टर जग्गामा बाह्रै मास सिँचाइ सुविधा पुग्ने जनाउनुभयो । 

औरही नगरपालिकाकी कृषि शाखा प्रमुख कविता विष्टका अनुसार नगर क्षेत्रमा तीन हजार ३२६ हेक्टर कृषियोग्य भूमि छ । तिनमा पश्चिमको जङ्गाहा र पूर्वतर्फको रातु खोलाबाट प्राकृतिक सिँचाइको व्यवस्था छ । 

विगत केही वर्षदेखि नदीको जलस्रोत सुक्दै गएको छ । हिउँदपछि र वर्षापूर्वको गर्मी समयमा प्राकृतिक कुलोमा पानी नआउने हुँदा यहाँका अधिकांश जमिन बाँझै रहने र बाली लगाइएकामा पनि सिँचाइ अभावले उत्पादनमा ह्रास आउने समस्या देखिएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर