नेभिगेसन मेनु

पर्खाल फोरेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा
सम्पादक:南亚网络电视
समय:2023-06-13 16:56

adfhf

बर्दिबास, जेठ ३० गते । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले फरार यादवलाई औरही नपा १ स्थित उहाँको दिदीको घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा सोमवार नियन्त्रणमा लिएको जनाएको छ । 

जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजेतिर धनुषा स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको पर्खाल फोरेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । फरार मध्ये ५ जनालाई प्रहरीले पटक पटक गरी पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर