नेभिगेसन मेनु

५७ घरमा पुग्यो खानेपानी
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:12

0

सर्लाही, असार ४ गते । भौगोलिक रूपमा विकट रहेको सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । युएनडिपी र जापान सरकारको सहयोगमा हरिवन नगरपालिका र डिभिजन खानेपानी कार्यालय मलङ्गवाले चुरेभेगस्थित कोठी खोलाका ५७ घरधुरीमा पम्पिङ प्रणालीमार्फत खानेपानी पुर्‍याएको हो । 

डाँडापाखामा घर भएका स्थानीय वर्षौँदेखि बस्ती भन्दा करिब सात मिटर तल कोठी खोलामा रहेको कुवाबाट पानी ओसारेर पिउन बाध्य थिए । कोठी खोला नजिकै इनार निर्माण गरी मोटरमार्फत सात सय मिटरमाथि डाँडामा ट्याङ्की बनाएर ५७ परिवारका लागि खानेपानी वितरण गर्न सुरु गरिएको हरिवन नगरपालिका–१, का वडाध्यक्ष टमबहादुर घिसिङले जानकारी दिनुभयो । 

इनारबाट मोटर लगाएर तानिएको पानी जम्मा गर्न बस्ती नजिकै दुई हजार लिटर क्षमताको ‘रिजर्भ’ ट्याङ्की निर्माण गरिएको छ । इनारमा जडान गरिएको मोटर सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सोलारको व्यवस्था गरिदिएको वडाध्यक्ष घिसिङले बताउनुभयो । खानेपानी परियोजनाको सोमबार औपचारिक उद्घाटन गर्न कोठी खोला पुगेका दातृ निकायका प्रतिनिधि, नगरका जनप्रतिनिधिलगायतलाई स्थानीयले फूलमालाले भव्य स्वागत गरेका छन् । 

कोठी खोलाका स्थानीय रामबहादुर बोम्जनले घण्टौँ धाएर वर्षौँदेखि कुवाको दूषित पानी ओसारेर पिउन बाध्य आफूहरू घरघरमै खानेपानी आएपछि अत्यन्तै खुसी भएको बताउनुभयो । उहाँका अनुसार यसअघि मानिससँगै बस्तुभाउलाई खुवाउन र सरसफाइ गर्न पनि समस्या हुँदै आएको थियो । 

हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले घरघरमै धारा पुगेपछि दातृ निकायका प्रतिनिधिलाई बोलाएर सोमबार बिहान औपचारिक कार्यक्रम गरी कोठी खोला खानेपानी परियोजनाको उद्घाटन गरिएको बताउनुभयो । हरिवन १ मा अहिलेसम्म केराबारी र कोठी खोलामा लिफ्टसङ गरेर खानेपानी पु¥याएपनि सोही वडाको बिलन्दी, बेलडाँडा, काउसे खोला वनमारा र डुम्रीघारीमा अझै खानेपानी पुगेको छैन । त्यसैले स्थानीय खोला, खोल्सी र कुवाको दूषित पानी पिउन बाध्य छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर