नेभिगेसन मेनु

‘मणिपाल कलेज निर्माण नहुनु दुःखद’
सम्पादक:南亚网络电视
समय:2023-06-09 13:00

Untitled-1 (22)

महोत्तरी, जेठ २६ गते । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जलेश्वरमा मणिपाल कलेजको निर्माण नभएकोमा दुःख व्यक्त गर्नुभएको छ।

सदरमुकाम जलेश्वरमा अम्बिका हस्पिटल एनड रिसर्च सेन्टरको उद्घाटन गर्दै उहाँले मणिपाल कलेज निर्माणको योगदानकर्ता नेपाली कांग्रेस भए पनि लामो अवधि बितिसक्दा पनि निर्माण नहुनु दुःखद रहेको बताउनुभयो। आफू मधेश प्रदेशको प्रमुख भए पनि महोत्तरी आफ्नो गृहनगर भएकाले बढी चासो र चिन्ता हुने गरेको बताउँदै प्रदेश प्रमुख मिश्रले भन्नुभयो, “महोत्तरीको विकासमा म सदैव सकारात्मक छु।”

जलेश्वरमा दुई दशकदेखि मणिपाल इन्जिनियरिङ कलेज निर्माणको चर्चा चले पनि अहिलेसम्म निर्माण हुन सकेको छैन। यस क्षेत्रका बासिन्दाले जलेश्वरको विकासका लागि मणिपाल गु्रपलाई सस्तो दरमा जग्गा दिए पनि सो ग्रुपले अहिलेसम्म कलेज निर्माण सुरु गरेको छैन। जलेश्वरमा निजी क्षेत्रको अस्पताल हुनु मेडिकल क्षेत्रका लागि राम्रो भएको बताउँदै उहाँले जलेश्वरको विकासमा यो अस्पताल एउटा कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो। 

अस्पतालको उद्घाटनपूर्व अम्बिका अस्पतालका व्यवस्थापक जेके लालले प्रदेश प्रमुखलाई स्वागतसहित सम्मान गर्नुभएको थियो। उद्घाटनपश्चात् प्रदेश प्रमुख मिश्रले अस्पतालको निरीक्षण् समेत गर्नुभएको थियो। अस्पतालले इमर्जेन्सीसहित अर्थो, गाइनो, एसएनसियुलगायतका विविध स्वास्थ्य सेवा दिने जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर