नेभिगेसन मेनु

बढ्दै बाल कुपोषण
सम्पादक:南亚网络电视
समय:2023-05-18 13:00

Untitled-1 (3)

बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका हुन् । 

यीमध्ये ३१२ जना कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउनुभयो ।

कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यव्रmम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष कुपोषित बालबालिका बढी फेला परे । गत वर्ष एक हजार २९९ कुपोषित बालबालिका रहेकोमा यस वर्ष एक हजार ९३४ जना कुपोषित बालबालिका पाइए ।”  पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उहाँले बताउनुभयो । 

पोषण सुधार गर्न बैतडीमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न बैतडीमा सन् २०१६ देखि सुआहारा (एकीकृत पोषण कार्यक्रम) सञ्चालनमा छ । 

युएसएआइडीको आर्थिक सहयोगमा बैतडीमा आठ वर्षदेखि सुआहारा कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने कार्यव्रmम सञ्चालन गरिरहेको गैरसरकारी संस्था स्वदेश बैतडीका राधिका भट्टले बताउनुभयो । 

कार्यव्रmमले स्थानीय तहमा कुपोषित बालबालिकालाई उपचारसम्बन्धी तालिम पनि चलाएको छ तर पनि यस वर्ष कुपोषण बढ्यो । उहाँका अनुसार विगतका वर्षमा पोषिलो खानेकुरा, हरियो साग, तरकारी, बिउ र कुखुरा वितरण गर्दै आए पनि गत साउनदेखि सुआहाराले कुपोषित बालबालिकाको उपचार गर्ने बहिरङ्ग उपचार केन्द्रका स्वास्थ्यकर्र्मीलाई तालिम दिने गरेको छ । त्यस आधारमा खोजी बढ्दा पनि कुपोषितको सङ्ख्या बढेको हुन सक्छ । बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाका लागि खोज अभियान नै थालेको छ । पालिकाका प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर जेड स्कोरिङ

विधिबाट कुपोषित बालबालिकाको खोजी भइरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो । जन्मेको छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको स्वास्थ्य जाँचेर कुपोषित भेटिएका बालबालिकाको उपचार थालेको सुर्नया गाउँपालिकाले जनाएको छ । कुपोषित भएका बालबालिकाको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई पालिकाले प्रोत्साहन स्वरूप आर्थिक सहयोग गर्ने नीति रहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर