नेभिगेसन मेनु

स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
सम्पादक:南亚网络电视
समय:2023-05-15 16:51

apple-

पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो ।

पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने गरेका थिए । बाजुरामा उत्पादन भएको अर्गानिक स्याउले कतै बजार नपाएर किसान गाईगोरुलाई खुवाउन बाध्य हुन्थे ।

पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरे पनि त्यसले कतै बजार नपाउँदा स्याउ खेतीप्रति दिक्दार भएका किसान अहिले फेरि नयाँ स्याउ उत्पादनमा चासो दिएका छन् । अहिले कृषि ज्ञान केन्द्र बाजुराले बैगचामा पुगेर स्याउ विक्रीका लागि समेत अनुदान दिन थालेपछि किसानलाई स्याउ खेतीप्रति आकर्षित भएको स्थानीय कृषकको भनाइ छ ।  

अहिले स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेको छ । बाँझो जमिन सदुपयोग गर्नेगरी विभिन्न स्थानीय तहले किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्दैआएका हुन् । ज्ञान केन्द्र बाजुराले यतिबेला बारीबाट नै स्याउ उठाउन थालेपछि अहिले स्याउ खेतीमा आकर्षण बढ्दैगएको बाजुराका स्याउ किसानको भनाइ छ । पहिला बाजुराको स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुनेगरेको थियो । 

अहिले हिमाली गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा १७० हेक्टर जमिनमा अहिले स्याउ खेती हुन्छ । गत वर्ष बाजुरामा १ हजार २० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुन्थ्यो, त्यो स्याउ पनि बिक्री नभएर किसान गाई गोरुलाई खुवाउँथे । अहिले जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुनेगरेको छ ।”

पहिला लोकल स्याउ मात्र उत्पादन हुनेगरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुनेगरेको छ । विगत केही वर्ष यता बाजुरामा उत्पादन भएको  झण्डै ६ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदैआएको सूचना अधिकारी जैशीले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर