नेभिगेसन मेनु

‘उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने’
सम्पादक:南亚网络电视
समय:2023-04-22 16:04

1

बैतडी, वैशाख ९ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मेलौली नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गर्नुभएको छ । बैतडी धनगढी समाज, धनगढी नेत्रालय, मेलौली नगरपालिका र च्यारिटी फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । 

बृहत् स्वास्थ्य शिविरमा आँखाको मोतीबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएको समस्याको उपचार, हाडजोर्नी तथा नसा रोग चिकित्सा, प्रसूति तथा स्त्री रोग, बालरोग, दन्त रोग, छाला तथा यौन रोग, कुष्ठ रोगको निःशुल्क उपचार हुने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । 

स्वास्थ्य शिविर उद्घाटन गर्नुअघि मुख्यमन्त्री शाहले सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उपनिर्वाचनपछि प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीद्वारा बैतडीको गोठलापानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्ने बताउनुभयो । 

मुख्यमन्त्री शाहलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले जिल्ला भ्रमण गरेर वस्तुस्थितिका आधारमा आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो । 

मुख्यमन्त्री शाहले भन्नुभयो, “मैले प्रदेशका सबै जिल्लामा पुग्ने कोसिस गरिरहेको छु । जिल्लाको वस्तुस्थिति बुझेर बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।” उहाँले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले प्रक्रिया मिचेर आएका योजनाहरू अबका दिनमा कार्यान्वयन नहुने बताउनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “पहुँचका आधारमा आएका योजनामा अनियमितताको कुरा सुनिएको छ । यो कुरालाई प्रदेश सरकारले पूर्ण रूपमा निरुत्साहित गर्नेछ ।” उहाँले प्रक्रियामार्फत आएका योजना मात्रै अब सञ्चालनमा आउने प्रस्ट पार्नुभयो । 

उहाँले किसानलाई अनुदानभन्दा शून्य प्रतिशत ब्याजमा ऋण दिने गरी काम गर्ने कि भनेर छलफल भइरहेको बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर