नेभिगेसन मेनु

हुलाकी राजमार्गको काम नभएपछि जनप्रतिनिधि रुष्ट
सम्पादक:南亚网络电视
समय:2023-05-09 12:33

Untitled-1 (1)

मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टि पोखेका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यान्वयन एकाइका प्रतिनिधिबीच छलफल भएको छ । गत साउनमा छलफल भए पनि ठेकेदार कम्पनीले जनाएको प्रतिबद्धता पूरा नभएपछि स्थानीय प्रशासनले ‘काम गर्ने कि छोड्ने’ भन्ने प्रश्न गरेको हो । 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रतिबद्धताअनुसार काम नगर्ने ठेकेदार कम्पनीसँग सम्झौता भङ्ग गराउने चेतावनी दिनुभएको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको असर नागरिकमा परेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले दबाब बढाउँदै आएका छन् । छलफलमा रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह, रङ्गेलीका दिलीप बगडिया, सुनवर्षीका राजकुमार राजवंशी, कटहरीका देवराज चौधरीसहितको उपस्थितिमा हुलाकी योजना कार्यालय, इटहरीका प्रमुख विजय थापासहितको उपस्थिति थियो । 

विराटनगर–रङ्गेली सडकखण्ड भत्काएर हुलाकी राजमार्ग विस्तार सुरु गरिए पनि काम नगरी ठेकेदार हराएपछि अहिले सर्वसाधारणको दबाबमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका सांसद र सङ्घका सांसद छन् । सङ्घीय सरकारको योजना भएका कारण स्थानीय प्रशासनमार्फत ठेकेदारलाई तत्काल काममा फर्काउन दबाब दिइएको हो । 

मोरङमा हाल कुल ९६ किलोमिटर लम्बाइको हुलाकी राजमार्ग निमार्णको चरणमा छ । सात खण्डमा ठेक्का लगाएर ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्छ । कानेपोखरी–रङ्गेली २२ किलोमिटर दूरीको निर्माण सम्पन्न भएको छ । 

मोरङको रतुवा–केशलिया सडकखण्ड ४४ किलोमिटर दूरीमा रतुवामाईदेखि झुङ्गी टोलसम्मको  १६.५ किलोमिटर सडकखण्डको काम अहिले भइरहेको छ । यसको बाँकी काम यसै वर्षभित्र सकिने सम्झौतामा उल्लेख छ । यसैगरी झुङ्गी टोलबाट ७.६ किलोमिटर सडक सम्पन्न भएको छ । बेतौनादेखि विराटनगरसम्मको १८ किलोमिटरमा दुईवटा ठेक्का छन् । यसको काम एक महिनादेखि रोकिएको हुलाकी सडक योजना कार्यालय, इटहरीका प्रमुख थापाले जानकारी दिनुभयो । 

यसैगरी हुलाकी उत्तर–दक्षिणअन्तर्गत गान्धी–मनमोहन सडक (पथरी–रङ्गेली–सीमा क्षेत्र) सम्मको ३० किलोमिटर दूरीका दुई ठेक्काको काममा सात महिनादेखि अवरोध भएको छ । पिएस/गजुरमुखी/मोतीदान जेभीले ठेक्का लिएको सडकमा पछिल्लो तीन वर्षमा काम राम्रो नगरेको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले आरोप लगाउनुभयो । 

यसैगरी रतुवा–केशलिया सडकखण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डको अवस्थासमेत उस्तै छ । २०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति २५ प्रतिशत मात्रै छ । चालु वर्षमा सक्नुपर्ने सडक ७७ करोड रुपियाँको लागतमा निर्माण सम्झौता भएको छ । 

यसैगरी झुङ्गी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्ड भने कालोपत्रे भइसकेको योजना प्रमुख थापाले जानकारी दिनुभयो । कटहरीदेखि विराटनगरसम्मको छ किलोमिटरमा १५ प्रतिशत, गान्धी–मनमोहन मार्ग अन्तर्गत पथरी–डाँसपुल र डाँसपुल–रङ्गेलीसम्मको ३० किलोमिटरको ३० प्रतिशत काम भएको छ । विराटनगरको गणेशचोक–केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति १० प्रतिशत मात्रै छ । पिएस गजुरमुखीका सन्तोष गौतमले केही ढिलाइ भए पनि बाँकी काम चाँडै सुरु गर्ने बताउनुभयो ।  

तराई–मधेशका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष २०६२/६३ बाट सुरु भएको हो । पूर्व–पश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु भएको राजमार्ग विस्तारको कार्य आव २०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । पूर्वको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभाग जोड्ने यो सडक निर्माणको काम मोरङमा भने अलमलमा परेको देखिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर