नेभिगेसन मेनु

कोशी अस्पतालका कवाडी सामग्री मर्मत गरी पुन: प्रयोग
सम्पादक:南亚网络电视
समय:2023-04-12 12:51

koshi_pic_11_zESV9CvUxd

समान्य रुपमा तुटफुट हुनेबित्तिकै आवश्यक सामग्री नँया खरिद गर्ने परम्परालाई तोड्दै कोशी अस्पतालले कवाडीमा परिणत भएको अस्पतालका सामग्रीलाई मर्मत गरेर पुन: प्रयोगमा ल्याउन थालेको छ।

लामो समयदेखि समान्य टुटफुट भएको सामग्री गोदाममा थन्काएर नयाँ सामग्री खरिद गरेर प्रयोग गर्ने परम्परालाई तोड्दै कवाडीमा परिणत भएका पुरानो समानलाई मर्मत गरेर प्रयोगमा ल्याउन लागेको हो।

योसँगै कवाडीका सामान लिलामी प्रक्रियाको बाटो खुल्ला गरी नयाँ सामान खरिद गरेर मोटो रकम कमिशन लिने परम्परा पनि हटेर गएको छ।  

करोडौं मूल्य पर्ने  बिरामी सुत्न प्रयोग गरिने बेड , साइड लकर, स्लाइन झुण्डाउने (आईवि स्टेन ), बिरामी बोक्ने स्ट्रेचर,  आइसूमा प्रयोग हुने समाग्री, हवील चेयर, टेबल, कुर्सी, दराज लगायतका कवाडी सामान वर्षौंदेखि अस्पतालले थन्काएर राखेको थियो । 

null

अस्पतालका कवाडीमा परिणत भएका सामग्री मर्मत गर्दै।  

यसअघि फलामको बेडको रंग उडेर जाँदा र बेड सामान्य बिग्रंदा पनि अस्पतालले कवाडीमा पठाउने प्रचलन थियो। २० हजारदेखि ६० हजार मूल्य पर्ने महंगा बेड पनि कवाडीमा थन्किएका छन्। 

पुरानो बेथिति अन्त्य  गर्दै नयाँ चिराबाट अस्पताल  प्रशासनले भरसक खरिद प्रक्रिया नगर्ने र गोदाममा थन्किएका सामाग्री नै मर्मत गरी चलाउने निर्णय लिएपछि मर्मत कार्य सुचारु अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए।

मुकेश बुढाथोकीकै विशेष सामानको मर्मत कार्य अघि बढाइएको हो।  

सुनसरीको इटहरी स्थित अस्पतालका सामाग्री उत्पादन गर्ने एल वि टि इन्टरप्राईजेजलाई अस्पताल प्रशासनले सर्वसुलभ मूल्यमा मर्मत गर्न ठेक्का दिएको छ।  एउटा अस्पतालको बेड बजारमा खरिद गर्दा १५ हजार प्लस भ्याट तिर्नुपर्छ। तर त्यही अस्पतालको कवाडी सामान पून मर्मत गर्दा प्रति बेड खर्च ३३ सय प्लस भ्याट खर्च आउँछ। 

अस्पतालले आर्थिक अभावका कारण खरिद पनि नगर्ने र मर्मत पनि गर्न नसक्दा धेरै बिरामी भुइँमा सुतेर उपचार गर्न बाध्य थिए। संचालक सदस्य बुढाथोकीका अनुसार हालसम्म कवाडी बेड ५० थान मर्मत भैसकेका छन्। अस्पताल परिषरमा  कम्पनीले मर्मत कार्य गरिरहेको छ। मर्मत पूरा भएका सामाग्री नयाँ जस्तै देखिने र बजारबाट खरिद गरेर ल्याएका सामाग्री भन्दा कम नहुने बुढाथोकीले बताए।  

अस्पतालका प्रशासन प्रमुख नवराज लुईँटेलले कोशी अस्पतालबाट देशका अन्य अस्पतालले पनि सिको गर्नुपर्ने बताए। 

अस्पताल प्रशासनले कवाडीका सबै सामाग्री सकभर प्रयोग गरेर मर्मत कार्य पूरा गरेपछि शैय्याको अभाव नहुने बताएको छ। अहिले अस्पतालका सबै विभागमा त्यही मर्मत गरेका सामाग्री राखिएका छन्। सबै नयाँ जस्तै देखिन्छन्।

facebook sharing button messenger sharing button twitter sharing button whatsapp sharing button viber sharing button sharethis sharing button  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर