नेभिगेसन मेनु

अर्थमन्त्रीको पहिलो टार्गेट बजेट
सम्पादक:南亚网络电视
समय:2023-04-01 13:38

prakashsharan-mahat_Lq0ZPMMKAw

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री नियुक्त भएका छन्। नवनियुक्त अर्थमन्त्री डा. महतले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार पनि ग्रहण गरे।

देशले २०७७ भदौपछि अर्थतन्त्रबारे जानकार पहिलो अर्थमन्त्री पाएको हो। उनी २०७४ फागुन ३ गतेपछि अर्थ मन्त्रालयबाट ज्ञानेन्द्रबहादुर कार्की बिदा भएपछि नेपाली कांग्रेसका तर्फबाट पहिलो अर्थमन्त्री हुन्।

महत यसअघि परराष्ट्र र ऊर्जामन्त्री रहिसकेका छन्। डा. महतले अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। महत नीति अर्थशास्त्रको स्नातकोत्तर हुन्। उनले नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका थिए। कार्यभार सम्हाल्दै महतले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन सक्दो पहल गर्ने बताए। अर्थतन्त्रमा मन्दी लागेको, राजस्व परिचालन सन्तोषजनक नरहेको, राजस्वभन्दा धेरै खर्च भएको, पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्नशील रहने उनको प्रतिबद्धता छ।

‘पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्‍याउने तथा कस्तो बजेट ल्याउने भन्ने टुंगो लगाउँछु,’ उनको भनाइ छ, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानेछु।’ अर्थमन्त्रीको हैसियतले अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न भरपूर कोसिस गर्ने भन्दै उनले आग्रह पूर्वाग्रह नराखी काम गर्न आफू मातहतका कर्मचारी तथा निकायलाई निर्देशन दिए।  ‘को कुन पक्ष भने हेर्दिनँ, मलाई नतिजा चाहिन्छ। त्यसमा सघाउनुहोस्,’ कार्यभार सम्हालेपछि मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने।

महतले वित्तीय तथा मौद्रिक नीति तर्जुमा गर्ने निकायहरू अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच तालमेलको आवश्यकता औंल्याउँदै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने जिकिर गरे। ‘विशेषगरी बैंकको ब्याजदर, सेयरबजार, लघुवित्त, सहकारी र मिटर ब्याजको विषय अर्थतन्त्रको समस्याका रूपमा देखिएका छन्,’ मन्त्री महतको भनाइ छ, ‘सर्वसाधारणको चासोको रूपमा देखिएका यी समस्या सम्बोधन गर्दै सरकार भएको आभास दिलाउनु पनि छ। सरकार जनताका लागि काम गर्दैछ भन्ने सन्देश दिनुपर्ने बेला छ।’ 

अहिले सरकार ‘लिने’ भन्दा पनि ‘दिने’ पोजिसनमा रहेको भन्दै उनले सबै कुरा गर्छु भन्नुभन्दा जुन कुरा गर्नै पर्नेछ त्यो गरिहाल्ने बताए। ‘यो काम म एक्लैले गर्न सक्दिनँ। सबैको साथ चाहिन्छ,’ उनले थपे, ‘अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग सहकार्य गरी समन्वयात्मक रूपमा काम गर्नु जरुरी छ। पार्टी र व्यक्तिको कुरो छैन। सरकारलाई राहत दिने कुरो छ। अर्थतन्त्रमा ‘सकारात्मक भाइब्स’ दिन आवश्यक छ।’

उनले प्रतिफल कम रहेको तथा ब्याजदर बढी भएको बताउँदै सेयरबजारलगायत साना लगानीकर्ता र व्यवसायीको मनोबल घटेको जिकिर गरे। उनले भने, ‘लगानीको नकारात्मक वातावरण सकारात्मक बनाऔं, यो काममा राष्ट्र बैंकको ठूलो भूमिका छ। हामी मिलेर काम गर्ने हो। यो त्यो भनेर 

काम छैन। जुनजुन राज्यसंरचनाको जे जे जिम्मेवारी छ। यो पक्ष त्यो पक्ष नभनीकन अर्थतन्त्रलाई उचाल्न सक्रिय रहौं।’ यी सबै विषय र जनतालाई केन्द्रबिन्दुमा राखेर बजेट बनाउने उनले बताए।

अर्थमन्त्रीको पहिलो निर्णय

अर्थ मन्त्रालयले नगद प्रवाह योजना तर्जुमा समिति बनाउने भएको छ। नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिलो निर्णयमार्फत यस्तो काम गरेका हुन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को व्यवस्थाअनुसार सरकारको आवधिक नगद योजना तर्जुमा गर्नुपर्ने हुन्छ। सरकारको हरेक महिना कति आम्दानी र खर्च हुने भन्ने विवरण तयार गर्नुपर्ने हुन्छ। अर्थ मन्त्रालयले सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनको लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको समन्वयमा समिति बनाउने गर्छ। 

मन्त्री महतले यही समिति बनाउने निर्णय गरेका हुन्। समितिको बैठक हरेक महिनाको अन्त्यमा बस्ने अर्थसचिव तोयम रायले जानकारी दिए। मन्त्री महतले सचिवले दिएको फाइल विस्तृतमा अध्ययन गरी पहिलो निर्णय गरेका हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर