नेभिगेसन मेनु

आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो
सम्पादक:南亚网络电视
समय:2023-03-22 14:48

nepal_rastra_bank

काठमाडौँ चैत ८ गते । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.६ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दाबी ५१.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.६ प्रतिशतले बढेको छ ।

निक्षेप पाँच प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २५३ अर्ब ९७ करोड रुपियाँ (५.० प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १६७ अर्ब ३४ करोड रुपियाँ (३.६ प्रतिशत)ले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३०.१ प्रतिशत र ५४.७ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७८ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३८.८ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ३.२ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४८ अर्ब १२ करोड रुपियाँ (३.२ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५०३ अर्ब ९९ करोड रुपियाँ (१२.३ प्रतिशत)ले बढेको थियो । 

वार्षिक विन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.९ प्रतिशतले बढेको छ । २०७९ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.५ प्रतिशत रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर