नेभिगेसन मेनु

बैंकले लिने ब्याजसँगै सेवा शुल्कको पनि जानकारी राख्न राष्ट्र बैंककाे आग्रह
सम्पादक:南亚网络电视
समय:2023-03-28 15:43

rastrabank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीहरूमा कर्जाको सावाँ, ब्याज र सेवा शुल्कको बारेमा राम्रो ज्ञान राख्न अपिल गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्दा ब्याजसँगै अतिरिक्त सेवा शुल्क समेत लिने गरेको भन्दै सर्वसाधारणलाई ध्यान दिन सचेत गराएको हो । 

बैंककाे भनाइ अनुसार ‘कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्दछ’ साथै ‘ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो ।’ भन्ने केन्द्रीय बैंकले थप जानकारी गराएकाे छ।

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । तोकिएको शुल्क बाहेक अन्य कुनै पनि शुल्क लिन पाइने छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर