नेभिगेसन मेनु

जोखिमपूर्ण सिलिन्डर घर–कोठामा
सम्पादक:南亚网络电视
समय:2023-02-19 13:49

Untitled-1

नेपालगञ्ज, फागुन ७ गते । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रका छ हजारभन्दा बढी घरपरिवारको भान्साकोठामा राखिएका ग्यास सिलिन्डर विस्फोटको उच्च जोखिममा छन् । 

जिल्लामा ग्यास उत्पादन गर्ने दुई कम्पनीले बजारमा ठूलो सङ्ख्यामा म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका सिलिन्डर बजारमा पठाएको तथ्य फेला परेपछि छ हजारभन्दा बढी परिवार विस्फोटको उच्च जोखिममा रहेको पाइएको हो । 

काठमाडौँ र दाङमा सिलिन्डर विस्फोटका घटना भएपछि उपभोक्ताको दबाबमा बाँकेका दुई उद्योगमा गरिएको अनुगमनमा छ हजारभन्दा बढी सिलिन्डर म्याद समाप्त भएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका भेटिएका छन् । त्यस्तै सिलिन्डर उपभोक्ताको भान्साकोठामा पुगेका छन् । 

उद्योगमा नै यति ठूलो सङ्ख्यामा अत्यधिक जोखिमपूर्ण सिलिन्डर फेला परेपछि उपभोक्ताको घर, होटल र पसलमा भएका करिब २० हजार बढी सिलिन्डरमध्ये अधिकांशको अवस्था पनि त्यस्तै भएको आशङ्का गरिएको छ । मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगका छ हजारभन्दा बढी सिलिन्डर अत्यधिक जोखिमपूर्ण अवस्थामा फेला परेका छन् । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकृत देवीलाल चौलागाईले उद्योगमा नै यतिको सङ्ख्यामा जोखिमपूर्ण सिलिन्डर भेटिएकोले सर्वसाधारणका भान्साकोठामा जुनसुकै बेला जे सुकै घटना हुन सक्ने बताउनुभयो । 

उहाँले प्रयोगमा ल्याउन नमिल्ने सिलिन्डर यति धेरै भेटिएकाले बजारमा रहेका पनि धेरै त्यस्तै भएका हुन सक्ने र सयौँ परिवार जोखिममा रहेको बताउनुभयो । भेरी ग्यास उद्योगमा करिब तीन हजार ग्यास सिलिन्डर लिकेज भएका, कुच्चिएका र दुई हजार पाँच सयवटा ग्यास सिलिन्डर बिग्रिएको र दुईवटा ग्यास सिलिन्डरको म्याद सकिएको अवस्थामा भेटिएको जानकारी चौलागाईले दिनुभयो । 

त्यस्तै मनकामना ग्यास उद्योगमा म्याद समाप्त भएका १६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर भेटिएका छन् । 

मनकामना ग्यास उद्योगमा लिकेज जाँच गर्ने मेसिनको प्रयोग नै नगरी बजारमा पठाउने गरिएको समेत पाइएकाले निकै गम्भीर अवस्था रहेको सूचना अधिकृत चौलागाईको भनाइ छ । 

उद्योगमा रहेका तथा डिपो र घर–घरमा गएका सबै सिलिन्डरको राम्ररी अनुगमन गरी एउटा पनि जोखिमपूर्ण सिलिन्डर बजारमा जान नदिन तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

ग्यास उद्योग तथा कम्पनीबाट नै जोखिमपूर्ण सिलिन्डर घर–घरमा पठाएर नागरिकको जीवनसँग खेलबाड गर्ने कार्य भएकाले सम्बन्धित निकायले तत्काल अनुगमन गरी दोषी देखिए कडा कारबाही गर्नुपर्ने माग राख्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर