नेभिगेसन मेनु

सांसद चौधरीद्वारा विकास योजना तयार
सम्पादक:南亚网络电视
समय:2023-01-29 13:30

Untitled-1 (1)

रामग्राम, माघ १५ गते  । उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि १५ वटा महत्त्वपूर्ण योजना तयार गर्नुभएको छ । 

प्रतिनिधि सभा निर्वाचनका क्रममा क्षेत्रको समग्र विकासबारे जनतामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको सम्भाव्यता अध्ययन योजनाहरू तयार गर्नुभएको हो। सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाअन्तर्गतका चार वडा गरी कुल ३४ वटा वडा पर्छन्। पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि महत्त्वपूर्ण योजनाहरू छनोट गरिएको छ  ।  

नवलपरासी  (बर्दघाट–सुस्तापश्चिम)को विकासका लागि तय भएका प्राथमिक योजनामा चक्रपथ (स्याटलाइट नगर), केरा खेती प्रवद्र्धन, पशुपालन, सीप विकास केन्द्र, कृषि बजार केन्द्र र बुद्ध सर्किट छन्।

त्यस्तै सीमावर्ती पर्यटन प्रवद्र्धन, मत्स्यपालन, गण्डक नहर सफाइ अभियान, उच्च शिक्षा केन्द्र, प्रकृतिमैत्री पर्वतीय पर्यटन, औद्योगिकीकरण, एकीकृत विशेष सेवा अस्पताल निर्माण, खेलकुद विकास (स्टेडियम निर्माण) र सरसफाइ तथा हरियाली प्रवद्र्धन छन्। ती आयोजनामा सङ्घ र प्रदेश सरकारमार्फत बजेट सुनिश्चित गराई कार्यान्वयन गरिने सांसद चौधरीको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर