नेभिगेसन मेनु

राजाबाट छात्रबृत्ति पाएर पढन नेपाल आएकी बानिरा...
समय:2021-05-26 09:11

नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला बानिरा गिरीको निधन नेपाल र नेपालीको लागि अपुरणीय क्षति हो। उनी गत ३ वर्षदेखि अल्जाईमर्स रोगबाट पिडित थिईन। उनको गएराति निधन भने ह्दयघातबाट भएको जनाईको छ। दाजिलिङमा जन्मेकि बानिरा नेपाल आई नेपाली साहित्यमा विशिष्ठ पहिचान बनाउन सफल भएकि थिईन। 

तत्कालिन राजा स्वर्गीय महेद्र साहित्यतथा संगीत प्रेमी थिए। साहित्यप्रतिको अभिरुचिका कारण उनकै प्रयासमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना भएको थियो। उनि आफैंले उसैका लागि तथा फेरि उसैका लागि जस्ता कविता संग्रह प्रकाशित गरेका थिए। उनले भारतको दार्जिलिङका गायकतथा संगीतकारलाई नेपालमा बोलाएर प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक बनाएका थिए। उनले दार्जिलिङका अन्य साहित्यकारलाई पनि नेपालमा आमन्त्रण गरेका थिए। यसैक्रममा दार्जिलिङकि साहित्यकार बानिरा गिरीलाई उनले स्नातकोत्तर तहको अध्ययन गर्नका लागि छात्रबृत्ति प्रदान गरेका थिए। 

वानिरा गिरी २००२ चैत २९ गते दार्जिलिङमा जन्मेकि थिईन। नेपाली साहित्यमा बिद्याबारीधी गर्ने उनि पहिलो महिला हुन। सात वर्षको कलिलो उमेरमै आमा गुमाएकि परिवारका ६ जना सन्तान मध्ये कान्छी छोरी बानिराले प्रवीणता प्रमाणपत्र तहमा बिज्ञान लिएर पढेपनि साहित्य प्रतिको अभिरुचिका कारण उनिको त्यसपछिको उच्च अध्ययन भने अन्य विषयमा भएको थियो। २०२२२ सालमा उनि स्नातकोत्तर तह पढन काठमाडौं आएकि थिईन। त्रिभुवन विश्व विध्यालयमा मानविकीमा नेपाली विषय लिएर उनले स्नातकोत्तर र विध्याबारीधी पुरा गरेकि थिईन। उनि कवि गोपाल प्रसाद रिमालको काब्यहरुमाथि सोध गरी गोपालप्रसाद रिमालका काब्यमा स्वच्छन्दतावादलाई बिध्याबारीधीको विषय बनाएकि थिईन। काठमाडौँमा परिचय भएका शङ्कर गिरीसँग वि.सं. २०२३ सालमा उनी वैवाहिक जीवनमा बाँधिन पुगिन्। उनिहरुको एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन्।

विभिन्न बिधामा कलम चलाएकि बानिरा गिरीले नेपाली साहित्यिक क्षेत्रलाईउनले धेरै कृति उपहार दिएकि छिन। उनका कविता संग्रहहरु जिउँदो जङ्गबहादुर , जीवनः थामहरू, शब्दातीत शान्तनु, काठमाडौँ काठमाडौँ आदि प्रकाशित छन। यसैगरी कारागार र निर्बन्ध गरी उनका २ वटा उपन्यास प्रकाशित छन भने मेरो अविश्कार नामक आत्मकथा र रोकिनेले आकार दिन सक्दैन शिर्षकको यात्रा संस्मरण पनि प्रकाशित छन। उनले पर्वतकोफ अर्को नाम तथा पार्वतीले जंगल जंगल शिर्षकको निबन्ध संग्रह पनि लेखेकि छिन। उनले नेपाली साहित्यका विभिन्न महत्वपूर्ण पुरस्कारहरु जस्तै महाकवि देवकोटा पुरस्कार साझा पुरस्कार लोकप्रियादेवी पुरस्कार गोरखादक्षिण बाहु रत्नश्री स्वर्ण पदक आदि पाएकि थिईन।

नेपाली विषयमा एमएड पनि गरेकि बानिरा गिरीले आफ्नो जीवन अध्यापन पेशामा विताएकि थिईन। नेपालमा अब्बल साहित्यकारको छबि बनाउन सफल बानिरा गिरीको निधनले नेपाली साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको महसुस गरिएको छ। उनका कृतिहरुले स्वर्गीय गिरीलाई युग युगसम्म नेपाल र नेपाली माझ जीवित बनाईरहने अपेक्षा गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर