नेभिगेसन मेनु

यस्तो देखियो पछिल्लो एक दशकमा चीन नेपाल सम्बन्ध
सम्पादक:南亚网络电视
समय:2023-01-04 15:59

IMG_8922

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धमा आधारित फोटो प्रदर्शनी गरिएको छ । राजधानीको नेपाल कला परिषद्मा आज पछिल्लो एक दशकमा देखिएको दुई देशबीचको कसिलो सम्बन्धमा आधारित एक दिने फोटो प्रदर्शनीको आयोजना गरिएकोे बताइएको छ ।

प्रदर्शनीमा फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी देखाइएको छ । ती सबै सामाग्री नेपाल र चीनबीचको कला र संस्कृतिसँग सम्बन्धित छन् । प्रदर्शनीमा चिनियाँ कलाकार तथा विद्यार्थीले बनाएका विभिन्न चित्र, फोटो, तैलचित्र, क्यालिग्राफी राखिएको छ । त्यसैगरी दुबै मुलुकका प्राकृतिक सौन्र्दय, चीन र नेपालबीचको सम्बन्ध, संस्कृति, स्रष्टा र महिलाको वास्तविक जीवनसँग सम्बन्धित चित्र पनि समावेश गरिएको छ ।

त्रिभुवन विश्वविश्वालयअन्तर्गत कन्फुसियस इन्स्टिच्युटको आयोजना र साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम संघको सहआयोजनामा उक्त कार्यक्रम भएको जानकारी दिइएको छ ।

 

प्रदर्शनी उद्घाटन समारोहमा इन्स्टिच्युटका नेपाली निर्देशक प्रा।बाल मुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु काओ, नेपाल ओभरसिज चिनियाँ संघका अध्यक्ष चीन छिन्दोङ, नेपाली चिनियाँ उद्यम संघका महासचिव झु क्विङलगायतले दुई मुलुकबीचको संस्कृति आदानप्रदान गर्न र एक आपसमा सद्भाव बढाउन यस्तो कार्यक्रम सहयोगी हुने बताएका छन् ।उनीहरुले नेपाल र चीनबीचको द्विपक्षीय सांस्कृतिक आदानप्रदानको लामो इतिहास उल्लेख गर्दै भने, ‘यो प्रदर्शनी आपसी मित्रता र सहयोग प्रवद्र्धन गर्न तथा इतिहास निर्माण गर्ने महत्वपूर्ण माध्यम हो ।’

प्रदर्शनीको आजको समारोहमा चिनियाँ १४ औँ ब्याचको मेडिकल टोली, काठमाडौँ विश्वविद्यालयको कन्फुसियस इन्ष्टिच्युट, एसोसियसन अफ चाइनिज, पोखरा ओभरसिज चाइनिज एसोसिएसन, नेपाल चिनियाँ उद्यमी महासंघ, उद्यमी, दरबार हाईस्कूलका विद्यार्थी तथा शिक्षक शिक्षिकाको उल्लेख्य सहभागिता छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर