नेभिगेसन मेनु

जेल परेर बाबुको अन्तिम संस्कार गर्न नपाएका सिध्दिचरण
समय:2021-05-24 03:59

काठमाडौंको नयाँसडकबाट सोझै दक्षिण जाँदा ओमबहाल निस्कने मूलबाटो नजिकै भित्र चोकमा युगकवि सिध्दिचरण श्रेष्ठको शालिक देखिन्छ। उनि जन्मेको दिन जेठ ९ गते हरेक वर्ष त्यँहा कार्यक्रमको आयोजना गर्ने गरिएको छ। तर यसपाली कोरोनाको संक्रमणले यहाँ हुने कार्यक्रमपनि प्रभावित हुन पुग्यो। 

युगकवि सिध्दिचरण श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा भएको थियो। नेपाली साहित्यको श्रीबृध्दिका लागि उनले गरेको योगदान महत्वपूर्ण मानिएको छ। उनले नेपाली तथा नेबारी भाषामा कलम चलाएका थिए। उनि नेपालको पहिलो दैनिक पत्रिका आवाजका प्रधानसम्पादक थिए। 

उनले रानीपोखरीस्थित दरवारस्कूलमा पढदा १५ वर्षको उमेरमा सन्ध्या शिर्षकको कविता लेखेका थिए। तर हिसाबमा कमजोर हुनाले उनले आफ्नो पढाईलाई आठ कक्षा भन्दा माथि लैजान सकेनन। त्यसपछि उनि साहित्यतथा राजनीति दुबै तिर लागेका थिए। विशेषगरी तत्कालिन जहानिया राणाशासनको बिरुध्दको अभियानमा उनि सकृयपूर्वक संलग्न भएका थिए। यसबापद उनलाई सर्वस्वसहित १८ वर्षको कठोर काराबासको सजाय दिईएको थियो । १८ वर्षको जेल सजाय भएको भए तापनि तत्कालिनश्री३ प्रधानमन्त्री जुध्द शमशेर महर्षी बनेर शासन छोडदा उनि पाँच वर्षमै जेलबाट छुटेका थिए। उनि जेलमै रहदै उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएपनि उनलाई आफ्ना पिताको दाहसंस्कारसमेत दिईएको थिएन।

स्वर्गीय सिध्दिचरण श्रेष्ठले धेरै कविता लेखेपनि उनको कविता मेरो प्यारो ओखलढुङ्गा बहुचर्चित कविता मानिएको छ।


तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षःस्थलमा

यो कविको शैशवकाल बित्यो,

हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुंगा 

स्वर्गीय सिध्दिचरण श्रेष्ठका थुप्रै कृति प्रकाशित छन जुन अहिले विश्व विध्यालयतहमै अध्यापन गर्ने गरिएको छ। उनले राणाकालमा तत्कालिन साहित्यिक व्यक्तित्वहरुका लागि मन्च मानिएको शारदा पत्रिकाको सम्पादक भएर काम गरेका थिए भने नेपालका पहिलो दैनिक पत्रिका को प्रधान सम्पादकपनि उनिनै थिए जुन २००७ साल फागुन ८ गतेदेखि प्रकाशित भएको थियो। उनि कविता पत्रिकाका पनि सम्पादक भएका थिए। उनि तत्कालिन नेपाल राजकीय प्रज्ञा ‍प्रतिष्ठानका सदस्य पनि भएका थिए। उनि २०२८ सालमा तत्कालिन राजालाई सल्लाह दिन बनाईएको राज परिषद स्थायी समितिका सदस्य पनि बनाईएका थिए।

 उनि ८ कक्षा सम्मको अध्ययन गरेका कवि भएका पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता बिए पास गरेका समकक्षी साहित्यकारमा गनिन्थे। नेपालको प्रजातन्त्र बहालीतथा साहित्यमा योगदान गरेका युगकवि सिध्दिचरण श्रेष्ठको योगदान नेपालको ईतिहासमा चीरकालसम्म उल्लेख भईरहने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर