नेभिगेसन मेनु

उच्च मनोबलमा नेपाल
सम्पादक:南亚网络电视
समय:2026-02-12 14:16

 

 tranning_bikash

काठमाडौँ, माघ २९ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने सम्भावना सकिएको भने छैन । नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ । यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।

गत आइतबार इङ्ग्ल्यान्डसँग खेल्दा नेपालबाट जितभन्दा राम्रो प्रदर्शनको मात्र अपेक्षा थियो । यद्यपि इङ्ग्ल्यान्डलाई खेल अवधिभर दबाबमा राखेर पनि अन्तिम ओभरमा चुक्दा नेपाल जितबाट वञ्चित भएको थियो । दुई एसोसिएट टोलीबिचको भिडन्तमा भने नेपालले इटालीलाई हराउने अपेक्षा गरिएको छ ।

नेपाललाई जितको दाबेदार मान्नुमा केही कारण पनि छन् । पहिलो कारण त इङ्ग्ल्यान्डसँगको सानदार प्रदर्शन नै हो । सो खेलमा नेपालले विश्वकपमा आफू सहभागी होइन हरेक खेल जितेर सुपर आठमा पुग्ने लक्ष्यसहित भारत आएको हो भन्ने सन्देश विश्वलाई दिएको छ । नेपाल सानदार लयमा पनि छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अपराजित रहँदै नेपाल च्याम्पियन भएर यस विश्वकपमा खेल्न योग्य भएको हो । त्यसपछि नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनायो । अझ विश्वकपका दुई वार्मखेलमा पनि संयुक्त अरब इमिरेट्स र क्यानडालाई सजिलै हराएपछि नेपाललाई ठुला टिमले पनि हलुको रूपमा लिएको छैन ।

यसै गरी नेपालले लगातार दोस्रो खेल मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा खेल्दै छ । इटालीले आफ्नो पहिलो खेल कोलकाताको इडेन गार्डेन मैदानमा खेलेको थियो । नेपालले मङ्गलबार वानखेडे स्टेडियममा अभ्यास गर्ने मौका पनि पाएको छ । वानखेडे मैदानसँग अभ्यस्त हुनु नेपालका लागि भोलिको खेलमा ठुलो फाइदाको रूपमा रहने छ । अभ नेपालले वानखेडे रङ्गशालामा चारै खेल खेल्ने छ । चालु विश्वकपमा समूह चरणमा एकै मैदानमा सबै खेल खेल्ने भाग्यशाली टिम नेपाल मात्र हो । विगत हेर्ने हो भने इटालीविरुद्ध अहिलेसम्म खेलेका तिनै खेलमा नेपाल हाबी नै छ । अन्तर्राष्ट्रिय टी–२० मा नेपाल र इटालीबिच पहिलो पटक भिडन्त हुन लागेको हो तर यी दुई टिम ५० ओभरको खेलमा तीन पटक आमनेसामने भइसकेका छन् । सो तिनै भिडन्तमा नेपाल विजयी भएको थियो । 

यसै गरी इटालीको भारतीय उपमहाद्वीपमा खेल्ने अनुभवको कमीले पनि नेपाललाई फाइदा पु¥याउन सक्छ । युरोपेली परिस्थितिमा परिचित भए पनि इटाली भारतीय उपमहाद्वीपको मैदान र वातावरणमा खेल्न त्यत्ति अभ्यस्त छैन । जुन नेपालका लागि भने अनुकूल छ । यद्यपि इटालीलाई कम आँक्न मिल्दैन । युरोपेली छनोटमा स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्ससँगै विश्वकपमा चयन भएको हो इटाली । गत हप्ता इटालीले वार्मअपमा आयरल्यान्डलाई पनि चार विकेटले हराएको थियो । जुन आइसिसीका पूर्णकालीन सदस्य राष्ट्रविरुद्ध इटालीको पहिलो जित हो । नेपालका कप्तान रोहित पौडेलले पनि इटालीलाई कुनै पनि हालतमा कम आँक्न नमिल्ने बताउनुभएको छ तर इङ्ग्ल्यान्डविरुद्धको प्रदर्शनपछि आफ्ना खेलाडीको आत्मविश्वास उल्लेखनीय रूपमा बढेको पौडेलको दाबी छ । उहाँ भन्नुहुन्छ, “सो लय इटालीविरुद्धको खेलमा पनि कायम राख्नुपर्ने छ । इटाली राम्रो टिम हो । पछिल्लो समयमा इटालीले राम्रो क्रिकेट खेलिरहेको छ ।”

नेपाल सरह इटालीका लागि यो खेल समूह ‘सी’ मा टिकिरहने लडाइँ हो । पहिलो खेलमै अर्को एसोसिएट टिम स्कटल्यान्डसँग ७३ रनले हारेकाले इटाली घाइते बाघ बनेर नेपालसँगको खेलमा फर्किने सम्भावनालाई पनि नकार्न मिल्दैन । ४५ वर्षको पर्खाइलाई समाप्त पार्दै विश्वकपमा पदार्पण गरेको इटालीले पनि क्रिकेटको सबभन्दा ठुलो मञ्चमा पहिलो जितको सुनौलो अवसर नेपालविरुद्ध नै देखेको हुनु पर्छ । किनभने बाँकीका दुई खेलमा दुई पटकका विजेता वेस्ट इन्डिज र इङ्ग्ल्यान्डलाई इटालीले हराउने सम्भावना कम नै छ ।

स्कटल्यान्डविरुद्धको खेलमा काउन्टी क्रिकेटको अनुभव भएका कप्तान वायने म्याडसेनलाई काँधमा चोट लागेपछि इटाली केही समस्यामा भने छ । यद्यपि इटालीको टिममा दाजुभाइ जस्टिन मोस्का र एनथोनी मोस्का जस्ता ब्याट्सम्यान हुनुहुन्छ । जस्टिनले टी–२० आइमा ब्याटिङ स्ट्राइक रेट १५८.९९ रहेको छ । एन्थोनी ४१.२ औसतसहित ब्याटिङ गरेर मध्यक्रमलाई बलियो बनाउने ब्याट्सम्यान हुनुहुन्छ । इटालीका क्रिसन कालुगामागेले आक्रमणको नेतृत्व गर्नुहुने छ । कालुगामागे श्रीलङ्काली मूलका हुनुहुन्छ । इटालीको टिममा रहेको अर्को दाजुभाइको जोडी ह्यारी र बेन्जामिन मानेटीसँग पनि नेपाल सतर्क हुनुपर्ने छ । बेन्जामिनले स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रनको अर्धशतकीय पालि खेलिसक्नुभएको छ । जेजे स्मुट्स कप्तानपछिका इटालीका अनुभवी क्रिकेटर हुनुहुन्छ ।

यसै गरी सो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेमा विशेष नजर रहने छ । सन्दीप नेपालका ट्रम्प कार्र्ड हुनुहुन्छ । दीपेन्दसिंह ऐरी, कुशल भुर्तेल र गुल्सन झा जस्ता अलराउन्डरले पनि नेपाली टिमलाई सन्तुलित बनाएको छ । यसै गरी इटालीको टिम पछिल्लो खेलमा स्कटल्यान्डका स्पिनर माइकल लिस्कको स्पिनमा धराशायी भएको थियो । त्यसैले इटालीको पालिमा सन्दीपसँगै नेपालका स्पिनर पनि हेर्न लायक हुने छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर