
काठमाडौँ — चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल यू–२० र युवान युथ वुमेन्स टिमबीच शनिबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
खेलअघि नेपाल र चीनको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ । यस खेलका लागि चिनियाँ टिम बिहीबार काठमाडौं आइपुग्नेछ ।
त्यस टिममा युवान विश्वविद्यालयका युवा खेलाडी रहनेछ । नेपालले यसै खेलका लागि प्रशिक्षक यामबहादुर गुरुङको नेतृत्वमा टिम तयारी गरिरहेको छ ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको अनुभव दिलाउन भूमिका खेल्ने विश्वास जनाएको छ ।
मैत्रीपूर्ण खेल एन्फा, युनान विश्वविद्यालयको शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा हुन लागेको हो । नेपालमा रहेको चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्ले यस खेलमा समन्वयकारी भूमिका खेल्नेछ ।





