नेभिगेसन मेनु

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता
सम्पादक:南亚网络电视
समय:2026-01-25 17:01

 

 -Football

काभ्रेपलाञ्चोक,माघ ११ गते । सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा जित हासिल गर्ने टिमले रु एक लाख पाँच हजार पुरस्कार राशि पाउनेछन् । नमोबुद्ध नपा–१ स्थित मानेगाउँमा आयोजित प्रतियोगितामा देशभरबाट दुई दर्जन बढीले सहभागिता जनाउने क्लबका सचिव गणेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने टिमलाई रु ५५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्लेयर, वेष्ट किपर, कोच, हाइस्कोरर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई जर्सी प्रदान गरिने जनाइएको छ । यस्तै मोफसलमा प्रतिष्ठित मानिएको उक्त प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडीसहित राष्टिय क्लब, विभागीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएका छन् । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर