नेभिगेसन मेनु

तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सुरु
सम्पादक:南亚网络电视
समय:2026-01-23 12:10

 

 Myagdi-cup-2082-(6)

म्याग्दी, माघ  ९ गते  ।  म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।  

म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै विधामा ३५ टिमको सहभागिता छ । प्रतियोगिताको बिहिबारी  म्याग्दी  निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले उद्घाटन गर्नुभयो ।

१४ टिमले सहभागिता जनाएको छात्र भलिबल प्रतियोगिताको फाइनलमा धनजनता मावि फलियागाउँ र मुक्तिमार्ग मावि घार पुगेका म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

धनजनताले ज्ञानप्रकाश मावि र मुक्तिमार्गले राष्ट्रिय मावि रुमलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन् । छात्रा भलिबल बुधबारदेखि सुरु भएको थियो । बिहीबारदेखि सुरु भएको सात टिमले सहभागिता जनाएको छात्रा भलिबलको तीन वटा प्रतियोगिता सम्पन्न भएको छ ।

मंगला माविले राष्ट्रिय मावि रुमलाई, प्रकाश माविले महेन्द्र मावि झिँलाई र माउन्ट एभरेष्ट आवासीय माविले जनप्रिय मावि दरवाङलाई जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । छात्र र छात्रा भलिबलको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित  ५० हजार र २५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

बिजेतालाई २५ हजार र उपबिजेतालाई  १३ हजार रुपियाँ नगद पुरस्कार रहेको शिक्षकहरुको भलिबलमा महिला र पुरुषतर्फ सात/सात टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता सञ्चालनका लागि गौमती खत्री विकास कोषका संस्थापक लालबहादुर केसीले दुई लाख सहयोग गर्नुभएको छ ।

प्रत्येक वर्ष फरक/फरक स्थानीय तहमा प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार यस वर्ष दरवाङमा सञ्चालन भएको संघका अध्यक्ष बानियाँले बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पुर्वमन्त्रि समेत रहेका जुग्जालीले राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाएका अग्रज खेलाडीहरुको बाटोलाई नयाँ खेलाडीहरुले पछ्याउन सुझाव दिनुभयो ।

म्याग्दी जिल्ला भलिबल संघले जग्गाको ब्यवस्थापनका लागि सञ्चालन गरेको अभियानमा साथ दिन अपिल गर्दै उहाँले संघको नाममा जग्गा उपलब्ध भएपछि तीनै तहका सरकारले लगानी गरेर बेनीमा सुविधायुक्त भलिबल कवर्डहल बनाउने म्याग्दीको साझा मुद्दा बनेको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मोवाइलको कुलतबाट टाढा रहदै खेलकुद गतिबिधीमा सहभागी भएमा शारिरिक र मानसिक स्वास्थ्यका लागि पनि फाइदा पुग्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका सचिव नगेन्द्र मल्लले खेल प्रतिभा पहिचान र प्रस्फुटनका लागि प्रतियोगिताहरुले सहयोग मिलेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाईका सभापति लेकबहादुर पुनले प्रतियोगिताले बजारको ब्यापार प्रवर्धनमा  सहयोग पुगेको बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर